कान्तिपुर डेन्टलले थाल्यो मुखको क्यान्सरको निःशुल्क परीक्षण



Download our app to get more features

काठमाडौं, २७ भदौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, बसुन्धाराले मुखको क्यान्सर (ओरल क्यान्सर) निःशुल्क परीक्षण अभियान सुरु गरेको छ । मुखको क्यान्सर भएका बिरामीलाई उपचार पहुँचमा छिटो पुर्याउने र यो रोगबाट जोगाउने उदेश्यले हस्पिटलले निःशुल्क मुख तथा दन्त परीक्षण सुरु गरेको हो ।

हस्पिटलका अनुसार हरेक महिनाको सोमबार विभिन्न स्थानमा निःशुल्क मुख तथा दन्त परीक्षण गरिनेछ । हस्पिटलको पहिलो कार्यक्रम भदौको अन्तिम सोमबार टोखा नगरपालिकाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा वरिष्ठ प्याथोलोजिष्ट डा. दीपसिखा बज्राचार्यको नेतृत्वमा सम्पन्न भइसकेको छ ।

चुरोट, खैनी, गुड्खा लगायत सुर्तीजन्य पदार्थ सेवन गर्नमा मुखको क्यान्सरको सम्भावना उच्च रहेको डा. स्मिता ढकालले बताइन । उनका अनुसार मुख, दाँत तथा गिँजामा घाउ आएको, सुनिएको वा समस्या भए÷नभएको परीक्षण गरिने छ । डा. ढकालले टोलुडिन ब्लु भन्ने पदार्थ मुखमा राखी परीक्षण गरिने बताइन । उनका अनुसार यसले क्यान्सरको प्रारम्भिक चरण पत्ता लाग्ने छ । कार्यक्रममा क्यान्सरको परीक्षणका साथै क्यान्सर लाग्न नदिने उपाए, लाग्नुको कारण बारे समेत सचेतना दिने छ ।

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts