मिर्गौला तस्करी काण्ड भाग-६

१० लाखमा मिर्गौला किन्नेले सरकारको १ लाख पनि छोडेनन्



Download our app to get more features

काठमाडौ, २७ भदौ । नक्कली भाई बनाइ १० लाख रुपैयाँमा मिर्गौैला किनेर प्रत्यारोपण गरेका गोर्खा पालुङटार–९ का शम्भूलाल श्रेष्ठले नेपाल सरकारबाट पाउने सबै सुविधा लिएको खुलेको छ । मिर्गौला प्रत्यारोपणपछि विपन्न नागरिकलाई औषधि सेवनान सहज होस् भन्ने उदेश्यले उपलब्ध गराएको रकम एक लाख रुपैयाँ पनि श्रेष्ठले लिएको पाइएको छ ।

दलालमार्फत नक्कली कागजात बनाई मिर्गाैला प्रत्यारोपण गरेका श्रेष्ठले मेडिकल बोर्डको सिफारिसमा १ चैत ०७३ को स्वास्थ्य सचिवस्तरीय निर्णय गराई सो रकम लिएका थिए । औषधि सेवनको लागि मात्र नभई सरकारले विपन्न परिवारको लागि उपलब्ध गराउने मिर्गाैला प्रत्यारोपण हुँदा लाग्ने खर्च मध्ये २ लाख रुपैयाँ (तत्कालीन नियम अनुसार) पनि उनको नाममा त्रिवि शिक्षण अस्पताललाई उपलब्ध गराएको छ । श्रेष्ठले दलालमार्फत म्याग्दी बेनीका नविन खत्रीको नागरिकता परिर्वतन गरी सहोदर भाई बनाई १० लाख रुपैयाँ मिर्गौला किनेका थिए । उनले २० पुस ०७३ मा त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका थिए ।

नक्कली नागरिकताको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुशन्धान गरिरहेको छ । सिआइबी प्रवक्ता मिरा चौधरीका अनुसार मृगौला किनबेच हँुदा नक्कली नागरिकता बनाएको प्रमाणित भए पनि कसरी कागजात बनाइयो भन्ने विषयमा छानबिन भइरहेको छ ।  नक्कली कागजात बनाई मिर्गाैला प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पतालका केही कर्मचारीको पनि मिलेमतो रहेको पीडित नवीन खत्रीको दावी छ । कागजात बनाउन र मिर्गौला किनबेचमा अस्पतालका कर्मचारीका मिलोमतो रहेको दलाल प्रकाश बस्नेतले खुलासा गरिसकेका छन् । त्यसका लागि अस्पतालको सामाजिक सेवा इकाइमा काम गर्ने दुई कर्मचारीको प्रत्यक्ष मिलेमतो र मृगौला प्रत्यारोपण स्वीकृती समितिका केही सदस्यको सहयोगमा झूठा कागजात पेश गरी अबैध रुपमा मिर्गाैला प्रत्यारोपण गरेका थिए ।

श्रेष्ठको मिर्गाैला प्रत्यारोपणमा अस्पतालको नेफ्रोलोजी यूनिटका प्राडा केबि राउत, प्राडा दिव्या सिं साह, डा. महेशराज सिग्देल, डा. मुकुन्दप्रसाद काफ्ले, डा. मिधान श्रेष्ठ, युरोलोजी यूनिटकै प्रा डा प्रेमराज ज्ञावली, प्राध्यपाक उत्तमकृष्ण शर्मा, डा. पवनराज चालिसे र डा. भोजराज लुँइटेलको टोली खटिएको नागरिक उपचार कोषमा बुझाएको कागजातमा उल्लेख छ ।

श्रेष्ठले बुझाएको कागजातहरू

Last modified on 2017-09-13 11:53:35

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts