८ हजारले गरे स्वास्थ्य बीमा,३५ हजार प्रक्रियामा



Download our app to get more features

चितवन  भदौ २८, ।  नेपाल सरकारले लागु गरेको स्वाथ्य वीमा कार्यक्रम  असार १ गतेदेखि शुरुभएदेखि  अहिलेसम्म चितवनमा ८ हजार २६० घर धुरीले बिमा गरिसकेका छन् भने ३५ हजार ५७२  दर्ता भैसकर प्रक्रियामा रहेको  स्वास्थ्य सुरक्षा विकास समिति चितवनले जनाएको छ ।

जसबाट अहिलेसम्म २ करोड १६ लाख रुपैया रकम संकलन भईसकेको छ  । कार्यालयले दिएको जानकारी अनुसार वीमाको लागि १३५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । सहयोगीबाट प्रत्येकको घरघरमा गई यसबारे जनचेतना फैलाउने,परामर्श दिई दर्ता गर्ने काम गरिएको छ

यस्तै चितवनमा गत असार महिनामा  स्वास्थ्य वीमा गरेका सेवाग्राहीले भदौबाट सुविधा लिन शुरु गरेका छन। जिल्लाका चितवन मेडिकल कलेज,  मेडिकल कलेज अफ साइन्सेस, भरतपुर सरकारी अस्पताल, वि.पी. कोइराला क्यान्सर अस्पताल रत्नगर अस्पताल ,बघौडा अस्पताल , खैरहनी अस्पताल , चितवन आंँखा अस्पताल र बिभिन्न प्राथमिक स्वास्थ्य केन्द्र गरी झण्डै ४ हजार जनाले उपचार सुविधा लिएको बताइएको छ । 
 

Last modified on 2017-09-13 07:49:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts