बिरामीको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

What's This?


Download our app to get more features

काठमाडौं, २८ भदौ । काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गरेकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको मुत्यु भएपछि बुधबार दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको छ । 

भट्टराई चार दिनअघि (शनिबार) अस्पताल भर्ना भएकी थिइन । उनी नाकको कुरकुरे हाड सोझ्याउँन अस्पताल आएकी थिइन् । मृतकका आफन्तले उनको उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । ‘जन्मजातै उनको नाक केही बांगो थियोे, तर दुख्ने घोच्ने केही हुन्थँेन । अस्पतालमा बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो ।’ मृतकका आफन्तले भने । कमलाको शल्यक्रिया अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईंको नेतृत्वमा भएको थियो । 

शल्यक्रिया पश्चात भट्टराईको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार वान्ता भएको, पिसाब रोकिएको थियो । ‘रगत नरोकिएपछि डेढ लाखको औषधि किन्न लगाए, डाक्टरले अत्यधिक औषधिकै कारण मिर्गाैला फेल भयो पनि भने ।’ मृतकका आफन्तले भने । ‘शल्यक्रियापछि उनी पुरै होसमा आइनन् । के के बर्बराउथिन ’ भट्टराईका अफन्तले भने, ‘हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी कानुनी कारबाहीमा जान्छौं ।’ 
 

घटनाको छानबिन गर्न माग
बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले लापरवाही स्वीकारेर माफी माग्नुपर्ने माग आफन्तले राखेका छन् । माग पुरा नभए आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन् । बिरामीको मृत्यु भएसँगै बुधबार बिहानैदेखि आफन्तले अस्पताल परिसर घेरेका छन् ।

लापरवाही नभएको अस्पतालको दावी
ओम अस्पताल प्रशासनले भने कमला भट्टराईको उपचारमा डाक्टरको लापरवाही नभएको दावी गरेको छ । ‘नाकको  शल्यक्रिया सुन्दा सामान्य लागे पनि यो संवेदनशिल अंग हो । यसको शल्यक्रियामा इन्फेक्सनको सम्भावना उच्च हुन्छ । कहिलेकाहीँ बिरामीलाई बचाउन सकिदैनँ ।’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने । उनले उपचारमा लापरवाही भएको जस्तो लागे मृतकका आफन्तलाई कानुनी प्रक्रियामा जान आग्रह पनि गरे । 
 

Last modified on 2017-09-14 07:35:59

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

1 Comments

  1. अतयनत दुखअ लागयाे! बारमबार यसताे किन भइरहेछ ? कारण पता लगाउनकाे लागि मिटिङ हुनु परयाे !


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts