ओम अस्पताल प्रकरण

छानबिनको नाटक गरेर केश गुपचुपमा मिलाइयो

२५ लाखमा सहमति



Download our app to get more features

काठमाडौं,३० भदौ । गुल्मीकी एक महिलाको ओम अस्पतालमा उपचारका क्रममा ज्यान गएपछि उत्पन्न तनाव अन्ततः आर्थिक लेनदेनमा गएर टुङिगएको छ ।

आर्थिक लेनदेनमा घटना साम्य पारिएपनि त्यो कुरा मिडियाबाट लुकाउन अस्पतालले भरपुर प्रयास गरेको छ । नाकमा सामान्य मासु पलाएर ओममा अप्रेशन गराएकी ३९ वर्षिय कमला भट्टराईको मृत्युपछि उत्पन्न विवाद अस्पतालले पिडीतपक्षलाई २५ लाख दिने भएपछि साम्य भएको हो । पीडीतका तर्फबाट वार्ता टोलीमा सहभागी गोपाल पोख्रेलले हिजो १५ लाख दिएको र आज १० लाख दिने सहमती भएको बताए ।

उनका अनुसार आफुहरुले पैसा लिएपनि घटना भने यसै सेलाउनेवाला छैन् । उनि भन्छन्–घटना छानविनका लागि गठन गरिएको समितिमा  अस्पतालले नै रोजेका व्यक्ति राखिएको छ जुन समिती भङग गरी पीडीत सहितको नयाँ समिति गठन हुनुपर्ने आफूहरुको माग छ । हिजोदेखी बन्द रहेको ओम अस्पतालको ओपीडी सेवा आज पनि बन्द नै गराउने उनले बताए ।

पोख्रेलका अनुसार ओम अस्पतालले  छानविन समति बनाएको एक नाटक मात्र हो र समितिमा पनि आफ्ना फेवरका व्यक्ति मात्र राखिएको छ । २५ लाख रुपैयाँ परिवारका बाल बच्चा पालन पोषणका लागि क्षेतिपूर्ति मात्र भएको र दोषीलाई कार्वाही गर्न आफूहरुको आन्दोलन जारी रहने उनले जानकारी दिए ।

पैसा लिएर सहमति गर्नुभएछ त भन्ने प्रश्नमा ओम अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले यो समाचार एकदमै गलत र भ्रंम छर्न मात्र सार्वजनिक भएको बताए । उनका अनुसार घटनासम्बन्धमा छानविन गर्न गठन भएको समितिले दिएको रिपोर्ट अनुसार अघि बढ्ने सहमति दुवैपक्षबीच भएपछि आफन्तले शव बुझेका हुन् । यसविषयमा अस्पतालले केहीबेरमै प्रेस विज्ञप्ती निकाल्ने पनि उनले बताए । उनका अनुसार ओम अस्पतालमा सम्पूर्ण सेवा आजैबाट नियमित गर्ने सहमती पनि दुवैपक्षबीच हिजो नै भएको छ ।

नाकको सामान्य शल्यक्रिया गर्न गत २४ गते ओममा भर्ना भएकी कमलाको  अप्रेशन सफल भएपनि यहि बुधबार उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन हिजो  छानविन समिति गठन गरिएको छ । जस्मा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका सदस्य तथा वीर अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख प्राडा ढुण्डी पौडेल लगायत रहेका छन् ।

ओम र पीडीतपक्षबीच पैसामा कुरो मिल्यो रे भन्ने जिज्ञासामा छानविन समितिका एक सदस्यले भने – यदि छानविन समिति पनि बनाउने र उता सुटुक्क पैसा दिएर घटना साम्य पार्न खोजिएको भन्ने कुरा सत्य हो भने यो निकै दुखत हो, त्यसो भएमा छानविन समितिकै अपमान हुने र भविष्यमा पनि यस्ता खालका छानविन समितिको औचित्य र आवश्यकतामा नै प्रश्नचिन्ह खडा हुने बताए ।

यो पनि पढ्नुहोस्

ओम अस्पतालको चरम लापरवाही,अस्पतालभित्रकै संक्रमणले बिरामीको मृत्यु

Last modified on 2017-09-15 14:51:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts