देशमै पहिलो पटक स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण



Download our app to get more features

नेपालगन्ज, १ असोज । स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय मातहत रहेका स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने कार्य सुरु गरेको छ । 

देशमै पहिलो पटक स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरणको सुरुवात गरिएको सम्भवतः यो पहिलो जिल्ला हो । 

संवैधानिक व्यवस्था अनुसार बाँके जिल्ला जनस्वास्थ्य कार्यालयको मातहतमा रहेका यस जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले एक कार्यक्रममा स्थानीय तहलाई हस्तान्तरण गरेकी हुन् । 

सो अवसरमा सचिव डा रेग्मीले स्थानीय निकायका पदाधिकारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरिन् ।

 रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts