योग साधनप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

Download our app to get more features

काठमाडौँ, १ असोज । प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरेका छन् । 

पतञ्जली योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे । 

प्रधानसेनापति क्षत्रीले भने, “समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै आएका बेला योगाभ्यासको माध्यमबाट मन, मस्तिष्क र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सुरक्षा निकायमा पनि योगाभ्यास क्रमशः विस्तार हुँदै गएको छ ।” 

पतञ्जली योग पीठ नेपालका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले योगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने धारणा व्यक्त गरे । 

पतञ्जली योग पीठ नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगाभ्यासले मनोबल उच्च बनाउनाका साथै शारीरिक र मानसिक तनावबाट मानिसलाई छुटकार दिलाउन सहयोग पु¥याउँने बताए । 

उक्त शिविरमा नेपाली बलाधिकृत रथी बलदेवराज महत, रथी बृन्ददेखि सकलदर्जा, सैनिक परिवारजनसमेत गरी ४०० जनाको सहभागिता रहेको थियो । 

शिविरमा योग र प्रणायमसम्बन्धी ज्ञान दिइएको थियो । योग शिविर बिहान ६ देखि ८ बजेसम्म दैनिकरूपमा सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts