नवलपरासीमा ४ सय ९४ जना एचआइभी संक्रमित



Download our app to get more features

नवलपरासी, ४ असोज । नवलपरासीमा हालसम्म ४ सय ९४ जनामा एचआइभी संक्रमित देखिएको छ । 

एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसकाअनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ । 

एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले भने– “एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ ।”

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts