हेल्पिङ हेण्ड्सले ल्यायो जनतासँग हेल्पिङ हेण्ड्स कार्यक्रम

मर्निङ वाकमा निस्किएका नागरिकको नि:शुल्क ब्लड प्रेसर तथा सुगर परीक्षण हुने 



Download our app to get more features

काठमाडौं,५ असोज । काठमाडौंको चावहिलमा रहेको सामुदायिक अस्पताल 'हेल्पिङ हेण्ड्स' ले आफ्नो स्थापना भएको दशवर्ष पूरा भएको अवसरमा नयाँ कार्यक्रम आजबाट शुरु गरेको छ ।

जनतासँग 'हेल्पिङ हेण्ड्स' नामक नयाँ कार्यक्रम आजैबाट शुरु भएको अस्पतालमा आयोजित कार्यक्रममा जानकारी दिइयो । जनतासँग 'हेल्पिङ हेण्ड्स' कार्यक्रम अन्र्तगत प्रत्येक दिन राजधानीका विभिन्न चौकमा बिहानको समयमा मर्निङ वाकमा निस्किएका आम नागरिकको निशुल्कः रुपमा ब्लड प्रेसर तथा सुगर परीक्षण गरिने आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

जनतासँग 'हेल्पिङ हेण्ड्स' कार्यक्रमको पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममका बीच अस्पताल परिसरमा आज उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हेल्पिङ हेण्ड्स सामुदायिक अस्पताल जनताको अस्पताल भएकाले सबै निकायबाट सहयोग हुनुपर्नेमा जोड दिए । आफ्नो बुवालाई समेत तीन पटक यसै अस्पतालमा उपचार गराएको जानकारी दिदैं उनले यो अस्पताल सबैको फेमिली अस्पताल भएको बताए ।

सरकारी अस्पतालकै दरमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको हेल्पिङ हेण्ड्स अस्पताल विश्वासिलो अस्पताल भएको अध्यक्ष ओलीको भनाई छ । आफ्नो स्थापना भएको दश वर्षको अवधीमा अस्पतालले दश लाख बिरामीको उपचार तथा १७ हजार बिरामीको सानो– ठूलो गरी सबै प्रकारको शल्यक्रिया गरेको कार्यक्रममा जानकारी दिइएको थियो । 
 

Last modified on 2017-09-21 14:09:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts