घरैमा 'गर्भपतन' गर्नु घातक 

गैरकानुनी र दण्डनिय पनि



Download our app to get more features

काठमाडौं, ४ असोज । सुरक्षित गर्भपतनका लागि कुनै घरेलु विधि अपनाउन सकिदैँन ।

घरमै जथाभावी रुपले गर्भपतन गर्नु घातक हुनसक्छ । गर्भपतन तालिम प्राप्त स्वास्थ्यकर्मीबाट नेपाल सरकारबाट मान्यता प्राप्त सुचीकृत संस्थाबाट मात्रै गर्नु पर्छ । अन्यथा यो गैरकानुनी र दण्डनिय हुन्छ । 

गर्भपतन कुन अवस्थामा गर्न सकिन्छ 
— गर्भवतीको मञ्जुरीमा १२ साताको गर्भ ।
— बलात्कार वा हाडनाता करणीबाट रहेको १८ सातासम्मको गर्भ ।
— गर्भपात नगराएमा गर्भवती महिलाको ज्यान खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले असर पर्ने अवस्थामा वा बच्चामा कुनै खराबीसहित जन्मन सक्ने अवस्थामा जुनसुकै अवधिको गर्भ । 

के हो सुरक्षित गर्भपतन
गर्भमा रहेको शिशु निर्धारित समयभन्दा अघि नै निकाल्नु (तुहाउनु) लाई गर्भपतन भनिन्छ । गर्भपतनमा गर्भलाई कृत्रिम तरीकाबाट योनी मार्गबाट निकालिन्छ । यो कार्य तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा स्वीकृत संस्थामा कानुनी प्रावधानभित्र रहेर निकाल्ने गरिन्छ । गर्भपतन सुरक्षित र असुरक्षित दुवै तरीकाले गरेको पाइन्छ । अनिच्छित गर्भलाई सावधानीविना वा प्रचलित कानुनभन्दा बाहिर गई तथा सम्बन्धित महिलाको स्वास्थ्यमा बाधा पर्ने गरि गरिने गर्भपतनलाई असुरक्षित भनिन्छ । यदि तालिम नलिएका स्वास्थ्यकर्मीबाट र सेवा दिन उचित वातावरण नभएको स्थानबाटै गर्भपतन गरिन्छ भने त्यसलाई पनि असुरक्षित गर्भपनत मानिन्छ । 

कहाँ गर्न सकिन्छ सुरक्षित गर्भपतन  
सुरक्षित गर्भपतन सेवा, नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट सुचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन र सो सम्बन्धी तालिम प्राप्त सेवादायीहरूद्धारा मात्र गर्नु पर्छ ।
(एजेन्सीको सहयोगमा) 
 

Last modified on 2017-09-22 16:42:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts