डा.केसी १२ औं अनसन बस्दै

माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भनाइ



Download our app to get more features

काठमाडौं, ९ असोज । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै पटक –पटक अनसनमा बस्दै आएका प्राडा गोविन्द केसी आज बिहन ११ बजेपछि १२ औं अनसनमा बस्दै छन् । 

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टि भएकाले सो काम रोकेर सही रुपमा चिकित्सा शिक्षा ऐन ल्याउन आफु अनशन बस्न लागेको विज्ञप्तीमार्फत उनले बताएका छन् । उनले ११ बजे टिचिङ असपतालमा औपचारीक पत्रकार सम्मेलन गरी अनसन शुरु गर्ने बताएका छन् । 
 

Last modified on 2017-09-25 13:42:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts