आफ्नो पेशाप्रति इमान्दार बन्न विद्यार्थीलाई प्राडा कोइरालाको सुझाव

What's This?


Download our app to get more features

काठमाडौं,१२ असोज । मोडेल कलेजमा १० जोड २ पढेका र हाल स्वास्थ्यका विभिन्न विधामा पढ्दै र काम गर्दै गरेका विद्यार्थीहरुको प्रथम भेला हालै  सम्पन्न भएको छ । 

देशको विभिन्न मेडिकल कलेजहरुमा एमबीबीएस, बीडीएस, नर्सिङ, आयुर्वेद लगायतका विधामा पढ्दै गरेका विद्यार्थीहरुको कार्यक्रममा उपस्थिती थियो। कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. भगवान कोइरालाले चिकित्सा क्षेत्रका विद्यार्थीहरुलाई आफ्नो मन, बचन र कर्मले आफ्नो पेशाप्रती इमान्दार र लगनशील भएर लाग्न सुझाव दिए ।

 केएमसी शैक्षिक सञ्जालका तर्फबाट कार्यक्रमका अध्यक्ष ध्रुव भट्टराईले भुतपुर्व विध्यार्थीहरु यसरी एकजुट भएर अघि बढ्नु राम्रो भएको र आगामी दिनमा  समाज र राष्ट्रको हितमा काम गर्दै जान आग्रह गरे । 

प्रथम कार्यसमिती पनि चुनिएको सो कार्यक्रममा करिव डेढ सय विद्यार्थी र चिकित्सकहरुको उपस्तिथि थियो। आगामी दिनहरुमा  स्वास्थ्य सम्बन्धि समाजिक कामहरू, आफ्नो सीप तथा दक्षता विकास लगायतका कार्यक्रमहरु आयोजना गरिने कार्यसमितिका सभापति सन्देश गौतमले बताए ।

Last modified on 2017-09-27 09:47:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts