यस्ता छन् कपाल झर्ने कारण



Download our app to get more features

कपाल झर्ने समस्या आममानिसको समस्या हो । महिला होस् या पुरुष धेरैमा यो समस्या छ । विज्ञका अनुसार कपाल कुनै एक कारणले नभएर विभिन्न कारणले झर्छ । ति मध्ये कपाल झर्ने केही कारण र जोगाउने उपाय यस्ता छन् । 

पोषणको अभाव :– शरीरको अन्य भागको विकासमा जस्तंै मानिसको कपालका लागि पनि पोषण तत्वको आवश्यक पर्छ । कपालको स्याहारको कमी र सन्तुलित, पोषणयूक्त खानाको अभाबले पनि मानिसको कपाल झरिरहेको हुन्छ । त्यसैले सम्बन्धित बिशेषज्ञको सल्लाह बमोजिम आवश्यक पोषणयूक्त खानेकुराको सेवन गर्नु आवश्यक हुन्छ ।

चाया :– टाउकोमा आउने चायाले रांैको जरा कमजोर गराउँछ र कपाल झर्छ ।

केमिकलयूक्त बस्तुको प्रयोग :– शौन्दर्य बढाउन कतिपयले आफ्नो कपालको रंग बदल्ने गर्छन । राम्रो बनाउने बहानामा यस्ता रंग बदल्ने बस्तुमा केमिकलको समिश्रण रहेको हुन्छ । यस्ता केमिकल मिसिएका मेहेन्दी र कलर कपालमा प्रयोग गर्दा चायाको कारण भन्दा बढी कपालको जरा कमजोर बनाउँछ र कपाल झर्ने सुरु गर्छ ।

तनावग्रस्त जीवन :– जीवनमा आइपर्ने विभिन्न तनावले पनि कपाल झर्ने गरेको पाइन्छ । आर्थिक सामाजिक र राजनीतिकलगायत अनेकांै पारिवारिक समस्याले व्याक्तिलाई निकै पिरोलेको हुन्छ । जो ब्यक्तिले बढी भन्दा बढी तनाव लिने गर्छ, त्यस्ता व्यात्तिको कपाल बढी झर्ने गर्छ । 

घर्षण : – यदि कसैको कपालमा बारम्बार घर्षण भइरहन्छ भने, कसैले कपाल धेरै कन्याउँदा, बढी जोडले कपालमा ब्रस र काइयोको प्रयोगले पनि कपालमा बढि प्रेसर पर्ने गर्छ जसकारण कपाल झर्ने समस्या देखिन्छ ।

विभिन्न रोगका कारण :– एलोपेसिया एरिएटा भन्ने रोग छ भने कपाल अचम्म तरिकाले झर्ने गर्छ । झन् एलोपेसिया टोटासिमाले त झनै पुरै कपाल झार्दिन्छ । त्यसबाहेक थाइराइड गन्थ्रीबाट निस्कने थायरोक्सिन रसको कमि भयो भने, मृगौलामाथि रहने एड्रनल ग्लान्डमा ट्यूमर भयो भने, अत्याधिक ज्वरो, टाइफाइट आदिको कारणले पनि कपाल झर्ने समस्या देखिन्छ ।

बशांणुगत :- कपाल झर्नुमा बशांणुगत कारणको पनि महत्वर्पुण भुमिका रहन्छ । यदि बशांणुगत कारणले कपाल भरेको हो भने त्यसको रोकथाम गर्न निकै गाह्रो हुन्छ ।

कपाल झर्नबाट रोक्ने यसो गर्नुहोस् 
कपाल झर्न रोक्ने उपाय पनि धेरै छन् । जसमध्ये निम्न कुराहरु अपनाएमा टाउकोको कपाल झर्ने समस्याबाट मुक्तिमिल्न सक्छ ।
♦    नुहाउनु अघि केशमा तोरीको तेल लगाउनु पर्छ  र कपालको हल्का मसाज गर्नुपर्छ ।  
♦   केशलाई सधै सुख्खा राख्नुहँुदैन ।
♦    पोषणयूक्त खानाको प्रयोग प्रयोग गर्नुपर्छ ।
♦    सकेसम्म गाउँघरमा पाइने घिउकुमारीको रसलाई निचोरेर कपालको जराजरामालगाउन सके कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।
♦    तनावग्रस्त जीवनबाट टाढा रहनुपर्छ । सधै आफु भन्दामाथिका माथिका मान्छेलाई हेरेर तनाव लिनुको सट्टा तलका मान्छे हेरेर आफु जुनतहमा छ त्यसबाट सन्तोष लिन सक्नुपर्छ । 
♦    सधैव सकारात्मक सोचाई राख्ने ।
♦    एकीकृत दिमागले सकारात्मक सोचतर्फ मानिसलाई डोर्याउने हुनाले त्यसकालागि समय पाउनसाथ योग ध्यान गर्ने ।
♦    शरीरमा अन्य रोग भए पनि कपाल झर्ने समस्याले सताउने हुनाले बेलाबेला शारीरको जाँच गराइराख्नु पर्छ । जस्तंै हर्मोनजन्य रोगहरु थाइराइड, गलगाड आदि ।

Last modified on 2017-10-02 17:45:46

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts