कुर्रकुच्चा दुख्छ, पोल्छ ? हड्डी पलाएको त छैन ?

(भिडियोसहित)

What's This?


Download our app to get more features

कुर्रकुच्चा दुख्ने, पोल्ने, टेक्नै गाह्रो हुने समस्याले धेरैलाई पीडा दिएको छ । कुर्रकुच्चामा अनावश्यक हड्डी पलाएका कारण यस्तो समस्या भएको हुन सक्छ । किन पलाउँछ कुर्रकुच्चामा हड्डी र हड्डी पलाए कसरी समधान गर्ने बारे पेन म्यानेजमेन्ट विशेषज्ञ डाक्टर आर. के गुप्ताले केही उपचार विधि बताएका छन् । जानौं डा. गुप्ताको सुझाब :—

खुट्टा तथा कुरकुच्चामा लाग्ने रोगलाई हाम्रो समाजमा अझै पनि सामान्य रुपमा लिने गरेका पाइन्छ । पीडा धेरै नभएसम्म वा समस्या नआएसम्म उपचार गराउँदैनौं । जसका कारण यस्ता समस्याले क्रोनिक रुप लिन्छ र अन्य अंगमा समेत यसको असर फैलिसकेको हुन्छ । 

डाइलस्, क्याल्क्यानियम वोनमा विविध कारणले हड्डी पलाउने गर्छ । यिनै हड्डीको बेलैमा उपचार नभए कुरकुच्चा टेक्नै नहुने अबस्थासम्म आउँछ । कतिपय मानिसले त कुर्रकुच्चा टेक्नै भएन् एक पाटो दुख्यो कतै पक्षघात त भएन दुखेसो समेत गर्ने गरेका छन् । 

यस्ता व्यक्तिमा बढी हुन्छ कुर्रकुच्चामा हड्डी पलाउने समस्या :

  • बाथ रोगी ।
  • भिटामीन डीको कमी भएका ।
  • युरिकएसिड भएका ।
  • मोटोपना भएका ।
  • धुम्रपान, मध्यपान धेरै गर्ने र सन्तुलित आहार नगर्नेेमा ।

लक्षण :

  • कुर्रकुच्चा गल्ने ।
  • पेल्ने ।
  • एक दुई मिनेट हिड्दै नै गाह्रो हुने, दुख्ने ।
  • क्रोनिक भएपछि कुर्रकुच्चा रातो हुने । 
  • अति पीडा हुने ।
  • खुट्टा टेक्नै नसक्ने ।
  • कुर्रकुच्चा सुन्निने ।

यसरी रोक्न सकिन्छ:

  • बाथ, युरिकएसिड हुनबाट बच्ने ।
  • भिटामीन डिलाई सन्तुलिनमा राख्ने ।
  • पौष्टिक आहारयुक्त सन्तुलित खाना खाने ।
  • कुनै पनि लक्षण देखिए वा संका लागे तुरुन्त विशेषज्ञ चिकित्सकसँग परामर्श लिने । 

उपचार :
खुट्टामा आउने समस्यालाई सामान्य रुपमा लिनु हुदैन । कुनै पनि समस्या देखिए भिडियो एक्सरे गरेर हड्डी कति पलाएको छ, कति समय भयो पलाएको अवस्था हेरी थेरापी वा अन्य उपचार पद्धतिद्वारा हड्डी तोड्ने काम गरिन्छ । सुरुवाति चरणमै उपचार गराए दुखाई पनि छिट्टै कम हुने र उपचार पनि सहज हुन्छ । रोग बढ्दै गए हरेक दृष्टि (पैसा, समय, मानसिक पीडा आदि) ले गाह्रो हुन्छ ।  सल्यक्रिया गर्नु पर्ने अबस्थासम्म आउन सक्छ ।

भिडियो हेर्नुहोस्:

Last modified on 2017-10-04 17:04:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts