बाल मनोविज्ञान र दशैं छुट्टी



Download our app to get more features

नेपालीहरुको ठूला चाड दशैं तिहारको मौसम छ ।  घरमा स्कूले बालबालिका छन् भने त्यो घरमा यस्ता चाडपर्वको रौनक झनै बढी देखिन्छ । दशंैतिहार जस्ता चाडपर्वमा सबै बालबाालिकाको बिद्यालयमा लामो बिदा हुनेगर्छ । लामो समयसम्म बिदा हुने भएकाले यो समयमा बालबालिकाको मनोबिज्ञान बुझेर उनीहरूको समय ब्यवस्थापन गर्न अभिभावकले महत्वपुर्ण भुमिका निर्वाह गर्नु एमदमै जरुरी हुन्छ ।

योे समय हामीले हाम्रा बालबालिकालाई आफ्नो सँस्कृति र परम्परा सिकाउने र यसको महत्व बुझाउने अवसर पनि हो । यसले उनीहरूलाई चाडपर्वको  महत्व मात्र होइन, बिभिन्न धर्म सँस्कृति परम्पराको जगेर्ना गर्न समेत प्रोत्साहन गर्छ । किन चाडपर्व मनाउने जस्ता बिषयमा आफ्नो सँस्कृतिको बारेमा ज्ञान बढाउँदा उनिहरूको बौद्धिक क्षमतामा पनि विकास पुगिरहेको हुन्छ । यसले उनिहरूको मानसिक बिकासमा समेत मद्दत पुग्ने गर्छ । 

चाडपर्व मनाउनेका तरीका बिधिबारे बताउने साथै त्यो समयमा गरिने हरेक क्रियाकलापमा प्रत्यक्ष सहभागी गराउने, नौ किसिमका दुर्गा भवानीको पुजा गराउने, हरेक देबीको महत्व बारे बताउने र साँस्कृतिक रिसर्च गर्न लगाउने र लेख्न लगाउने गर्दा उनिहरूको बौद्धिक क्षमताको विकास गर्छ । 
 
विद्युतीय सामानको प्रयोग कम गराऔं 

अभिभावकहरूले बालबालिकालाई छुट्टीको सयममा टिभी, कम्प्युटर मोबाइल फोन, भिडियो गेममा  ढुक्कका साथ छोडिदिने गर्छन । यस्तै इलोक्ट्रो किट पाएपछि बालबालिका पनि दिनभर भुलिन्छन । तर यसबाट उनीहरूको दिन निस्क्रिय बन्छ । यस्ता सामाग्रीको प्रयोगले बालबालिकाको मानसिक तथा शारिरीक रुपमा प्रत्यक्ष अप्रत्यक्ष असर पुगिरहेको हुन्छ । 

त्यति मात्र होइन यस्ता गतिविधिमा रमाइरहदा बालबाकिाहरूले नयाँ कुरा सिक्ने अवसरबाट पनि वञ्चित भइरहेका हुन्छन् । त्यसैले यदि सकिन्छ भने उनीहरूलाई दिनमा २ घण्टा भन्दा बढी विद्युतिय सामानसँग खेल्न दिनुहुँदैन । बरु त्यसको विकल्पमा लुडो, चेस जस्ता खेलमा लगाउन सकिन्छ । जसमा अन्य साथीभाईबीच अन्तरक्रिया हुन्छ । यसबाहेक वरपरका उनिजरूका साथीभाइबिच भेटघाट गर्ने वातावरण मिलाईदिने र सक्रिय रचनात्मक कुराहरूमा सहभागी गराएर उनिहरूको मानसिक रुपमा थप बलियो बनाउन सकिन्छ ।

शारीरिक सक्रियतामा जोड दिने 

स्कूले केटाकेटीको अधिकांश समय स्कुलमै बित्ने भएकाले भिन्नाभिन्नै स्वभाव भएका साथीभाईसँग कुराकानी, खेलकुद, भिन्नाभिन्नै बिषयगत शिक्षकहरूसँग अन्तरक्रियामा सहभागी भइरहेका हुन्छन् । जसले गर्दा उनीहरूको शारिरीक, मानसिक, वौद्धिक तथा संबेगात्मक बिकास भइरहेको हुन्छ । जब यस्तै चाडपर्वको बेला बालबालिकाको बिद्यालय लामो समय बिदा हुन्छ, त्यो समयमा उनीहरू सक्रिय गतिबिधिबाट केही टाढा हुन्छन् । यस्तो बेला अभिभावकले उनीहरूका लगि केही समय निकालेर बिहान हिड्न लगाउने, साइक्लिड सिकाउने, बिभिन्न शारीरिक गतिबिधिमा सक्रिय गराउनु पर्छ । हरेक बालबालिकामा अन्तरनिहित क्षमता हुन्छ । यो समय उनिहरूको क्षमतालाई नियाल्ने एउटा अवसर पनि हो । समयको अभावमा कतिपय बालबालिकाले आफ्ना रुचिको बिषय र क्षमतालाई अरुमाँझ प्रस्तुत गर्न सकिरहेका हुँदैनन् । यदि कुनै बच्चालाई कुनै बिषयमा खास रुचि छ भने यो समय पर्याप्त उपयोग गर्न सकिन्छ । कसैलाई गीतसंगीतमा कसैलाई लेखनमा रुचि होला त कसैलाई खेलकुदमा, उनिहरूको रुचि अनुसार क्लासमा लगाइदिन सकिन्छ । जसकारण उनीहरूको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन मद्दत पुग्छ तथा उनीहरूको चौतर्फी विकासमा समेत टेवा पुग्छ । 

मनोरञ्जन पर्याप्त गराऔँ

हरेक बालबालिकालाई छुट्टिमा मनोरन्जनका लागि पनि पर्याप्त समय दिनु आवश्यक हुन्छ । जसले गर्दा उनिहरूको वृद्धिविकासमा सहयोग पुग्छ । अचेल धेरै स्कुलहरूले बच्चाहरूको बिदाको होमवर्क दिएको हुन्छ । त्यसका लागि दैनिक एक घण्टा छुट्याएर होमवर्क गर्न लगाउनुपर्छ । जसले पढाईमा पनि एउटा नियम बस्छ । बच्चाहरूमा नियमित पढ्ने बानीको पनि विकास हुन्छ । यस्ता बिषयमा ध्यान पुर्याउन सके बालबालिकाको छुट्टिको समयको सदुपयोग हुनुको साथै उनीहरूको शारीरिक मानसिक सामाजिक तथा संवेगात्कमक विकासमा सहयोग पुग्छ ।

Last modified on 2018-10-17 06:10:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts