आजदेखि पुनःसत्याग्रह बस्दै प्रा.डा.केसी

What's This?


Download our app to get more features

काठमाडौँ, १९ असोज । चिकित्सा क्षेत्र सुधारका लागि पटक–पटक अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसी आजबाट पुनः अनसन बस्दै छन् । चिकित्सा शिक्षा ऐनमार्फत चिकित्सा तथा स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै १२औं पटक अनसन बसेका प्रा.डा.केसीले दशैंलाई मध्येनजर गर्दै केही दिनका लागि स्थगित गरेका थिए ।

विहीबार दिउँसो साढे ४ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन आयोजना गरी प्रा.डा. केसीले भोलि (शुक्रबार) बस्ने संसद बैठकमार्फत चिकित्सा शिक्षा ऐन पारित गराउन दबाब दिन अनसन बस्न लागेको बताएका छन् । संसदमा टेबुल भएको चिकित्सा शिक्षा ऐनमा अझै पनि ‘माफियाहरू’को चलखेल भइरहेको दावी गर्दै उक्त चलखेल विपरित माथेमा प्रतिवेदन र आफ्ना सुझाबहरू समेटेर ऐन पारित गराउनु पर्ने उनको माग छ । 

Last modified on 2017-10-05 17:49:38

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts