प्रा.डा.केसी १३ औँ सत्याग्रहमा



Download our app to get more features

काठमाडौँ, १९ असोज । चिकित्सा क्षेत्र सुधारको माग राख्दै प्रा.डा.गोविन्द केसीले १३ औ पटक सत्याग्रह सुरु गरेका छन् ।

आज साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन आयोजना गरी प्रा.डा. केसीले संसद बैठकमार्फत चिकित्सा शिक्षा ऐन पारित गराउन दबाब दिन अनसन बसेको बताए । 

संसदमा टेबुल भएको चिकित्सा शिक्षा ऐनमा अझै पनि ‘माफियाहरू’को चलखेल भइरहेको दावी गर्दै उक्त चलखेल विपरित माथेमा प्रतिवेदन र आफ्ना सुझाबहरू समेटेर ऐन पारित गराउनु पर्ने उनको माग छ । 

चिकित्सा शिक्षा ऐनमार्फत चिकित्सा तथा स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै १२औं पटक अनसन बसेका प्रा.डा.केसीले दशैंलाई मध्येनजर गर्दै केही दिनका लागि स्थगित गरेका थिए ।

Last modified on 2017-10-06 10:34:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts