मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग



Download our app to get more features

टोकियो, जापान, २० असोज । रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गौला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । 

पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न नसकेका मिर्गौला पीडितलाई पाँच लाख १७ हजार ६५० जापानीयान सहयोग गरिएको हो । गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाललाई जापानवासी नेपालीले छुट्टाछुट्टै रुपमा सहयोग गरेका हुन् । गोरखाका गुरुङलाई विभिन्न संघ संस्थाबाट उठाएको रकममा थपेर तमु धींले तीन लाख ७८ हजार ९०५ जापानीयान सहयोग गरेको जनाएको छ । 

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराई अरेवाका ५३ वर्षीय भुसाललाई पौदी समाज जापानले एक लाख ३८ हजार ७४५ जापानीयान सहयोग गरेको हो । गुल्मीका भुसाल बचाउ दुई सातासम्म चलेको अभियानबाट संकलन भएको रकम पौदी सेवा समाज जापानका अध्यक्ष गोविन्द भुसालमार्फत पीडितसम्म पु¥याइएको छ । 

त्यस्तै घान्द्रुक समाज, पञ्चासे र जिफान तथा तमु धीं जापानले संयुक्तरुपमा गुरुङ बचाउ अभियानमार्फत रकम संकलन गरेका थिए । संकलित रकम सञ्चारकर्मी डण्ड गुरुङमार्फत पीडितसम्म पु¥याइएको छ । 

भुसालको भारतको कानपुरमा उपचार भइरहेको छ । भुसालको मिर्गौला प्रत्यारोपणमा व्यक्ति पाए पनि रु ५० लाख खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । रासस

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts