संसदको कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक



Download our app to get more features

काठमाडौं, २० असोज । दशैँ विदापछि पहिलो पटक आज बसेको व्यवस्थापिक संसदको कार्यसूचीमा चिकित्सा शिक्षा विद्येयक पनि समावेश भएको छ ।

दशैँ अघि संसदमा टेबुल भएको यो विद्येयकमाथि दर्जन भन्दा बढी संशोधन प्रस्ताव परे पनि प्रशस्त छलफल विनै पारित हुन लागेको कानुनविद्हरूले बताएका छन् । प्रशस्त छलफल र संसोधन प्रस्तावप्रति वेवास्ता गरि विद्येयक पारित हुन लागेको भन्दै विहीबारदेखि त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले अनसन पनि सुरु गरेका छन् ।

शुक्रबारको संसद बैठकको कार्यसुचीमा एक दर्जन भन्दा बढी विद्येयक परेका छन् । 

संसदमा टेबुल भएको चिकित्सा शिक्षा ऐनमा अझै पनि ‘माफियाहरू’को चलखेल भइरहेको दावी गर्दै उक्त चलखेल विपरित माथेमा प्रतिवेदन र आफ्ना सुझाबहरू समेटेर ऐन पारित गराउनु पर्ने प्रा.डा. केसीको माग छ । चिकित्सा शिक्षा ऐनमार्फत चिकित्सा तथा स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै १२औं पटक अनसन बसेका प्रा.डा.केसीले दशैंलाई मध्येनजर गर्दै केही दिनका लागि स्थगित गरेका थिए ।

Last modified on 2017-10-06 19:49:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts