इन्ट्राअकुलर लेन्स नेपालमा भन्दा विदेशमा बढी निर्यात 



Download our app to get more features

काठमाडौं, २२ असोज । तिलगंगा आँखा प्रतिष्ठानमा उत्पादन हुने इन्ट्राअकुलर लेन्स नेपालमा भन्दा विदेशमा धेरै निर्यात हुने गरेको छ । प्रतिष्ठानको ल्याबबाट बार्षिक ५ लाख वटा लेन्स उत्पादन हँुदै आएकोमा साढे एक लाख नेपालमा र बाँकी सबै विदेश निर्यात हुँदै आएका छ । 

प्रतिष्ठानका लेन्स प्रोडक्सन म्यानेजर चन्द्र खनालका अनुसार नेपालमा उत्पादित सो लेन्स अहिलेसम्म ५० देशमा ५० लाख वटा भन्दा बढी निर्यात भइसकेको छ । प्रतिष्ठानले उत्पादन गर्ने लेन्स मध्ये ६५ प्रतिशत विदेश निर्यात हुने प्रतिष्ठानको भनाई छ । नेपालमा उत्पादित उक्त लेन्स ५० भन्दा बढी देशमा सरकार आफै, अस्पताल, वा एनजिओमार्फत बिक्री हुँदै आएको छ । साथै लेन्सको बिक्री र प्रर्वद्धनका लागि १७ देशमा संजाल फैलिएको मार्केटिङ म्यानेजर सन्तोष शर्माले बताए ।

यी देशमा हुन्छन् लेन्स निर्यात
प्रतिष्ठानले उत्पादन गरेको लेन्स अष्टेलिया, बेलायत, न्युजिल्याड, म्यानमार, अफगानिस्तान, कम्बोडिया, भियतनाम, पाकिस्तान लगायतका देशमा निर्यात हुने म्यानेजर खनालले जानकारी दिए । नेपालबाट लेन्सको बिक्री वितरण सन् १९९६ देखि सुरु भएको हो । 

नेपालमा आँखाको उपचार गराउने विरामी मध्ये ८० प्रतिशत भारतबाट आउने गरेका छन् । जसकारण पनि लेन्स बढी भारतका नगरिकले प्रत्यारोपण गर्ने गरेका छन् ।

कच्चा पर्दाथलाई मेसिनमा राखेर आकार दिने, दृष्टि मिलाउने, संक्रमणमुक्त बनाउने, पोलिसिङ गर्ने प्रक्रिया पुरा गरी एउटा लेन्स पूर्ण तयार हुन एक महिना लाग्छ । नेपालमा रिजिड पिएमएम र फोल्डेबल दुई थरीका लेन्स उत्पादन हुँदै आएका छन् ।  

Last modified on 2017-10-09 10:27:32

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts