उच्च रक्तचाप र मधुमेह छ ? सावधान !  आँखाको ज्योति गुम्ला

(भिडियोसहित) 



Download our app to get more features

उच्च रक्तचाप र मधुमेहलाई अधिकांश रोगको जड मानिन्छ । पछिल्लो समय उच्च रक्तचाप र चिनीरोगका बिरामीहरु नेपालमा पनि बढ्दो क्रममा छन् । यस्ता रोगलाई बेलैमा नियन्त्रणमा नगरे आँखाको ज्योति गुम्न सक्छ । उच्च रक्तचाप र चिनीरोग (मधुमेह) का कारण आँखामा हुने असरबारे आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठको भनाई यस्तो छ :-

चाडबाडको मौसम सुरु भएको छ । यो समयमा राम्रो लगाउने मिठो खाने रहर र चलनले स्वास्थप्रति धेरैले सजगता अपनाउँदैनन् । यस्तो असाबधानीका कारण चाडबाडकै बेला उच्च रक्तचाप, मधुमेह लाग्ने सम्भावना हुन्छ । साथै खानपानमा असाबधानीका कारण उच्च रक्तचाप र मधुमेहका बिरामी अंगभंग भएका उदाहरण समेत छन् । 

धेरैलाई थाहा नहुन सक्छ उच्च रक्तचाप र मधुमेहले आँखालाई पनि असर गर्छ भनेर । यस्ता रोगले आँखामा धेरै समस्या निम्त्याउँछ । यति सम्मकी आँखाको ज्योति सदाको लागि गुम्न पनि सक्छ । उच्च रक्तचाप र मधुमेहबाट बच्यो भने आँखामा देखा पर्ने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । सामान्य व्यक्तिको तुलानामा मधुमेह भएका व्यक्तिको आँखामा दुई गुणा बढी समस्या हुन्छ, भने २०–२५ प्रतिशतमा दृष्टि नै गुम्ने खतारा पनि हुन्छ । नेपालमा भने १३–१४ प्रतिशत अन्धोपनको कारण मधुमेह भएको अध्ययनहरूले देखाएको छ । 

मधुमेहले रेटिनामा रक्तश्राव 
आँखाभित्र रहेको रेटिना जुन नांगो आँखाले देख्न सकिदैन् यो दृष्टिको लागि अति महत्वपूर्ण हो । यही पातालो पारदर्शी झिल्लीले बनेको रेटिनामा मधुमेयले असर गर्छ । मधुमेहका कारण रेटिनामा रक्तश्राव, चिल्लो फोहोर जम्मा हुन्छ । जसले गर्दा रेटिना चिलाउने, सुन्निने अनावश्यक रक्तनशा वृद्धि गर्ने हुन्छ । र समयमै उपचार नभए रेटिना कमजोर भएर खुम्चिई गई दृष्टि नै गुम्छ । एक्कासी रक्तचाप बढ्यो भने त्यसले आँखाको नानीमा रहेका नसाहरु बन्द गरिदिन्छ र आँखाको ज्योति गुम्न पनि सक्छ । 

लक्षण 
कतिपय मानिसको त उच्च रक्तचाप वा मधुमेहका कारण आँखा कम्जोर भएको होला भन्ने थाहा नै पाउँदैनन् । लक्षण नै नदेखिइ आँखामा समस्या देखिएपछि उनीहरू अस्पताल पुग्ने गर्छत । तर केहीमा यस्ता समस्या देखि न पनि सक्छन् :-

  1.  आँखामा संक्रमण हुने । 
  2.  आँखा चिलाउने ।
  3.   आँखा दुख्ने ।
  4.   आँखामा रातो धब्बम देखिने । 
  5.   हेर्न अप्ठ्यारो हुने ।
  6.   आँखाको पर्दा, नानी सुन्निने । 
  7.   दृष्टि कम धमिलो हुने ।

यसरी बचाऔं :
आँखा अति नै संवेदनशील अंग भएकाले यसलाई स्वस्थ राख्न हरबखत सचेत रहनुपर्छ । सबै भन्दा पहिला त मधुमेह र उच्च रक्तचाप हुनबाट जोगिनु पर्छ । यी रोगबाट जोगिए आँखा मात्र नभएर धेरै रोगबाट बच्न सकिन्छ । 

  1. यदि यस्ता रोग लागिसकेको भए नियमित औषधि सेवान र जीवनशैली परिर्वतन गरि नियन्त्रणमा राख्नु पर्छ । 
  2. आँखामा कुनै समस्या नदेखिए पनि ६–६ महिनामा आँखाको परीक्षण गराउनु पर्छ । अनुमानको भरमा औषधि प्रयोग गर्नु हुँदैन । 
  3. शारीरिक व्यायम गर्ने ।
  4.  सन्तुलित खाना खाने ।
  5. आँखामा थोरै मात्र समस्या देखिए पनि तुरुन्त परीक्षण गराउने ।

आँखामा गम्भीर समस्या देखियो भने एक त पूर्ण निको कमै मात्र हुन्छ भने निको भए पनि पहिलेको जस्तै दृष्टि नआउँन सक्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2017-10-08 17:59:24

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts