अफगानिस्तानमा 'रेडक्रसको' उपस्थितीमा कटौती



Download our app to get more features

बीबीसी,२४ असोज । अन्तराष्ट्रिय रेडक्रसले भनेको छ उस्ले यो वर्ष आफ्ना सातजना कर्मचारीहरु उग्रवादी हमलामा मारिएपछि अफगानिस्तानमा आफ्नो उपस्थितिलाई उल्लेख्यरुपमा घटाउने छ ।

अफगानिस्तानमा आइसीआरसीकी प्रमुखले बीबीसीसंग कुरा गर्दै यो एकदमै दुस्खद निर्णय भएको बताएकी छन्।जिनीभास्थित मुख्यालयबाट जारी गरिएको एक विज्ञप्तीमा आइसीआरसीले भनेको छ अफगानिस्तानमा मुख्यतस् देशको उत्तरी भेगमा आफ्नो उपस्थितिमा उल्लेख्य कटौती गर्नु बाहेक अन्य विकल्प उसंग छैन।

अफगानिस्तानमा आइसीआरसीका लागि यो वर्ष निकै खराब रह्यो।गत फेब्रअरीमा देशको सुदूर उत्तरमा सहायता सामाग्री वितरण गर्न पुगेका छजना कर्मचारीलाई गोली हानी मारिएको थियो।
गत महिना मात्रै पनि स्पेनी रेडक्रसका एकजना फिजीओथेरापीष्टलाई उनका एकजना विरामीले नै गोली हानी मारिदिएका थिए।

अफगानिस्तानमा आइसीआरसीको उपस्थिति र गतिविधि संसारमा नै चौथो ठूलो हो।त्यहाँ गत तीस वर्षदेखि सो संस्था सकृय रहंदै आएको थियो।तर हालै त्यहां देखिएको हिंसात्मक घटनामा वृद्धिका कारण उक्त संस्था ठूलो कटौती गर्न बाध्य भएको बताइएको छ।कुन्दुज र माइमानामा रहेका आइसीआरसीका कार्यालयहरु बन्द गरिनेछन्। तर मजारे शरिफमा अवस्थित महत्वपूर्ण पुनर्स्थापना केन्द्र भने खुला नै रहनेछ ।तर त्यसलाई पनि स्थानीय साझेदारहरुलाई हस्तान्तरण गरिने योजना छ।

आफ्नो विज्ञप्तीमा आइसीआरसीले यस्लाई एकदमै अप्ठ्यारो क्षण भनेको छ।आइसीआरसीका कर्मचारीका लागि मात्रै होइन की मद्दत आवश्यक पर्ने युद्धबाट प्रभावित हजारौं अफगानहरुका लागि पनि।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts