महिलाको प्रजनन् स्वास्थ्य सुधारमा जोड



Download our app to get more features

बनेपा, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा व्याप्त गलत रुढीवादी परम्पराका कारण महिलाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएकी छन् । 

धुलिखेलमा मंगलबार आयोजित स्त्रीरोग विशेषज्ञहरुको अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूमाथि हुने शारीरिक तथा मानसिक हिंसा, असुरक्षित गर्भपतन, स्वास्थ्य सेवाको अभाव तथा आर्थिक स्रोतमा न्यून पहुँच हँुदा थ्रुप्रै महिलाले अकालमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त व्यक्त गरिन । महिलाको प्रजनन् स्वास्थ्य सुधार र लैंगिक समानता तथा महिलाविरुद्धको हिंसा अन्त्य गर्न आवश्यक रहेकोमा राष्ट्रपति भण्डारीले जोड दिइन् । 

उनले भनिन, “विशेषज्ञ तथा चिकित्सकले प्रजनन्का बेला मुस्कानसहितको स्वस्थ सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्नुपर्छ ।” राष्ट्रपति भण्डारीले नेपाले कैयौँ जटिलताबीच प्रजनन् स्वास्थ्यका क्षेत्रमा सहस्राब्दी विकास लक्ष्य हासिल गरेको उल्लेख गर्दै शहरी क्षेत्रमा चिकित्सा क्षेत्रले उल्लेखनीय प्रगति हासिल गरे पनि ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तारित र गुणस्तरीय हुन नसक्नु दुःखको विषय हो भएको बताइन । उनले गुणस्तरीय स्वास्थ्य सेवा सबै भौगोलिक क्षेत्रमा समान रुपले प्रदान गर्न सम्मेलनले सर्वस्वीकृत मान्यता विकास गर्ने विश्वास व्यक्त गरिन् । 

सो अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठ र केयु स्कुल अफ मेडिकल साइन्सका डीन डा. राजेन्द्र कोजुले उपचार विधिबारे अनुभव आदानप्रदान हुने बताए । 
जर्मनी–नेपाल सोसाइटी अफ अब्सट्रिसियन एण्ड गाइनोक्लोजिष्ट र धुलिखेल अस्पतालले संयुक्त रुपमा आयोजनामा गरेको तीनदिने सम्मेलनमा १० देशका स्त्रीरोग विशेषज्ञसहित फिजियोथेरापिष्टलगायत ३०० जनाको सहभागिता छ । 

सम्मेलनमा महिलाको आङ खस्ने, पिसाब चुहिने, गर्भवती हुँदा आउने समस्या, रक्तश्रावलगायत महिलाको प्रजनन् स्वास्थ्यबारे अनुभव आदानप्रदान हुनेछ । सम्मेलनमा जर्मनी, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, भारत, क्यानडा, अमेरिका, श्रीलंका, डेनमार्क, नर्वे र नेपालको सहभागिता छ । रासस 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts