मानसिक अस्पतालका निर्देशक विरुद्ध हस्ताक्षर अभियान

स्वास्थ्य मन्त्री नै पुनः निर्देशक बनाउन लागेको आरोप



Download our app to get more features

काठमाडौं । विवादीत छवी बनाएका पाटनस्थित मानसिक अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचनलाई पुनः अस्पतालको निर्देशक बनाउन चलखेल सुरु भएको भन्दै अस्पतालका अधिकांश चिकित्सक र  कर्मचारीले आन्दोलन सुरु गरेका छन् । 

विगत नौ वर्षदेखि निर्देशक रहेका डा. शेरचनले आर्थिक अनियमितता गरेको आरोप उनीहको छ । डा. शेरचनका विरुद्ध अस्पतालका ८० जना कर्मचारी मध्ये ६१ जना कर्मचारीले हस्ताक्षर संकलन गरेका छन् ।  स्वास्थ्य मन्त्रालयले डा. शेरचनलाई पुन ः अस्पतालको निर्देशक बनाए जस्तोसुकै कदम चाल्न बाध्य हुने उनीहरुले चेतावनी समेत दिएका छन् ।

डा. शेरचनको उमेर हदका कारण आगामी मसिंरमा अवकास हुँदैछ । उनलाई पुन ः पद दिलाउने खेलमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल स्वयं लागेको अस्पतालका चिकित्सकहरुको आरोप छ ।  आन्दोलनकर्ता मध्येका एक डा. मोहन राज श्रेष्ठका अनुसार उक्त फाइल स्वीकृतका लागि स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सचिव रेग्मीलाई दवाव दिए पनि उनले स्वीकृत गर्न मानेकी छैनन् ।

Last modified on 2017-10-11 07:26:18

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Suman Prasad Adhikarion Tue, Oct 10 2017 09:09 PM

    When other mental health professionals are busy celebrating "World mental health day" , its disgusting and embarrassing to see this news regarding Mental hospital.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts