कान्तिमा बिरामी कुरुवाको कन्तबिजोग 

अस्पताल सधै 'फोहोर'



Download our app to get more features

काठमाडौं, २५ असोज । कान्ति बाल अस्पतालको चिसो पेटी भरी बिरामी कुरुवा बसेका छन् ।

कोही निदाएका छन् भने कोही ओच्छ्यानमा त्यतिकै पल्टिरहेका छन् । पेटीमा मात्रै होइन विरामी कुरुवाले सबै खाली ठाउँ ढाकेकाले कहिले काँही त अस्पतालको प्यासेज कहाँ हो भन्ने समेत थाहा नहुने चिकित्सकहरू बताउँछन् । मान्छे हिड्ने पेटीमा समेत विरामी कुरुवा बस्दा अस्पतालको सौन्दर्य नै बिग्रिएको अस्पताल प्रशासनको भनाई छ । 

विराटनगरबाट बहिनीको ५ दिनको छोराको उपचार गर्न आएकी रेणु पौडेलले भनिन् ‘खाली ठाउँ देख्यौं यही बसेका छौं । अन्त ठाउँ खोज्न पनि गएनौं ।’ बिरामी कुरुवाका लागि छुट्टाएको सबै ठाउँ भरीभराउ भएपछि अस्पतालको पेटीमा नै बसेको उनले बताइन । बाध्यताले चिसो भुईंमा बस्नु परेको उनको भनाई छ । अस्पतालको आइसीयू कोठाको बाहिर पट्टि पनि विरामीका आफन्त भुर्इंमा ओच्छयान लगाएर बसेका छन् । त्यहाँको अवस्था पनि अस्पतालको पेटिको भन्दा फरक छैन । १० महिनाको छोरा लिएर गोकर्ण काठमाडौंबाट उपचारका लागि कान्ति अस्पताल आएकी विनिता गौतमले भनिन् ‘विरामी कुरुवा बस्ने ठाउँ कहिल्यै खाली हुँदैन ।

चार दिनदेखि यही बसिरहेकी छु ।’ छोरालाई निमोनिया भएकोले आसीयूमा राखेर उपचार भइरहेको उनले बताइन । उनी पनि आइसीयू अगाडीको चिसो भुर्इंमा फर्म ओच्छयार बसेकी छिन् । उनले भनिन् ‘अन्त गएर बस्दा विरामीबाट टाढा हुन्छ । कतिखेर डाक्टरले बोलाउँछन थाहा नै हुँदैन ।’ आइसीयूमा मात्रै होइन वार्डमा बिरामी रहेका आफन्त पनि विरामी नजिकै बस्ने गर्छन । कान्ति अस्पतालमा बच्चाको मात्र उपचार हुने भएकाले बच्चालाई पनि अभिभावको जुनसुकै बेला अवश्यक पर्न सक्छ । 

कुरुवा नै विरामी
अव्यवस्थित रुपमा बस्दा पनि अस्पतालले पनि केहि नभन्ने गरेको बिरामी कुरुवाहरूले बताए । ‘अझ अस्पतालले त जहाँ सहज हुन्छ त्यहाँ बस्नु भनेको छ ।’ विनिताले भनिन्–बिरामी कुरुवा खुल्ला रुपमा बस्दा रातमा लामखुट्टेले टोक्ने, चिसो लाग्ने, र सिमेन्टको चिसोले ढाड दुख्ने समस्या भएको कुरुवाहरूको भनाई छ । ‘विरामी कुरुवा नै विरामी भएर फर्कने अवस्था छ ।’ उनले भनिन् ।

कान्ति बाल अस्पतालका डाइरेक्टर गणेशकुमार राईले बिरामी कुरुवा बस्ने ठाउँको अभाव भएको स्वीकार गरे । उनले भने ‘विरामी कै लागि पर्याप्त ठाउँ छैन विरामी कुरुवाको कसरी व्यवस्थापन गर्ने ?’ उनका अनुसार एक विरामीका २/३ जना कुरुवा अस्पतालमा बस्ने हुँदा पनि भिड भएको हो । अस्पताल प्रशासनले पनि विरामी कुरुवा बस्नका लागि खासै चासो देखाएको छैन । यद्यपि, अस्पतालले पटकपटक समस्या बारे सरकार समक्ष अनुरोध भनेको गरेको जनाएको छ । अस्तव्यस्त रुपमा विरामी कुरुवा बस्दा कहिले काँही बिरामीको उपचारमा समस्या हुने गरेको डाइरेक्टर राईले बताए । साथै सधै भिडभाड हुँदा अस्पताल पनि सधैजसो फोहोर हुने गरेको उनको भनाइ छ । 

Last modified on 2017-10-11 13:56:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts