भोली विश्व दृष्टि दिवस



Download our app to get more features

काठमाडौँ, २५ असोज । नेपाल लगायत विश्वभर १२ अक्टोबर अर्थात् २६ असोजमा विश्व दृष्टि दिवस मनाइँदैछ ।

उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदै आएको छ । ‘आँखा स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौं विश्व दृष्टि दिवस मनाऔं’  नाराका साथ यसवर्ष विश्व दृष्टि दिवस मनाइँदैछ । 

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई पूरा गर्न तिलगंगा आँखा प्रतिष्ठान लगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गर्दै आइरहेका छन् ।WHO / IAPB   ले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमाVISION 2020 : Right to Sight कार्यक्रमको घोषणा गरेका थिए । उनीहरुले आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरेका छन् ।

विश्व दृष्टि दिवस, २६ असोजका दिन तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं तथा १५ जिल्लाका सामुदायिक आँखा केन्द्रमा वालवालिका (१८ वर्षभन्दा कम उमेर) तथा वृद्ध (६० वर्ष देखि माथिका उमेर) बिरामीको निःशुल्क दर्ता गर्ने, साथै आँखा उपचार सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र वा अस्पताल परिसरमा स्थानीय सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, सर्वसाधारण तथा बिरामीको उपस्थितीमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराउने र त्यस सम्बन्धी सूचना सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । 

Last modified on 2017-10-12 08:16:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts