अक्टोबर महिनैभरी स्तन क्यान्सर दिवस मनाइदै



Download our app to get more features

काठमाडौं, २५ असोज । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अक्टोबर महिनालाई स्तन क्यान्सर सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ । यो अवधिमा अस्पतालले स्तन क्यान्सरमाथि विजय प्राप्त गरेका महिलासँगको भेटघाट, स्तन क्यान्सर सम्बन्धी निःशुल्क परामर्श र ओपीडी सेवा, पाटन र काठमाडौं दरबार स्क्वायरमा डबली नाच र स्तन क्यान्सर स्क्रिनिङ्गमा ५० प्रतिशत छुट दिने हस्पिटलले जनाएको छ । 

नेपालका महिलामा पाठेघरको मुखको क्यान्सरपछि सबैभन्दा बढी स्तन क्यान्सर देखिने गरेको छ । प्रत्येक वर्ष झन्डै पाँच हजार नेपालीमा स्तन क्यान्सर देखिने गरेको विभिन्न अस्पतालबाट उपलब्ध तथ्यांकले देखाउँछ । नेपाल जस्तो विकसित मुलकमा यो रोगको बारेमा समयमै थाहा नपाउँदा मृत्यु हुनेको संख्या धेरै रहेको छ । रोग तेस्रो र चौथो तहमा पुगिसकेपछि मात्रै बिरामी उपचारमा आउने हुँदा ६५ प्रतिशतको मात्रै उपचार सफल हुने गरेको छ । 

रोग पहिचान र रोकथाममा सुधार गर्न हस्पिटलले अक्टोबर महिनालाई ‘स्तन क्यान्सर जनचेतना महिना’ को रुपमा मनाउन लागेको जनाएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान गरे निको हुन सक्छ भन्ने नारालाई अगाडी बढाउँदै बिभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

सेन्टरले १४ अक्टोबर अर्थात् शनिबारका दिन स्तन क्यान्सर सम्बन्धी जनतेचनामुलक पदयात्रा, १६ अक्टोबर अर्थात सोमबार स्तन क्यान्सरमाथि विजय प्राप्त गरेका व्यक्तिहरूको भेला, स्तन क्यान्सर सम्बन्धी निःशुल्क परामर्श तथा ओपीडी सेवा, स्तन क्यान्सर सम्बन्धी जनचेतना फैलाउन डबली नाच लगायतका कार्यक्रमहरू तय गरेको छ ।
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts