महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्दै 



Download our app to get more features

काठमाडौँ, २८ असोज (रासस) : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ। 

महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताए । उनले भने, “निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच÷पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया शुरु भइसकेको छ ।” 

अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ । महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताए । 

गत वर्ष एक हजार ५०० व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताए । उनले अब बढीमा १०० जनासम्म बिरामी देखिनसक्ने अनुमान गरे । यसका कारण यो वर्ष नौ जनाको मृत्यु भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts