यसरी हटाउन सकिन्छ अनुहारको चायाँ !



Download our app to get more features

सफा अनुहार स्वस्थताको प्रतिक हो ।

तर अधिकांस मानिस अनुहारमा चायाँपोतोको समस्याले ग्रसित छन् । विशेषगरी गोरो छालामा चाया स्पष्ट देखिन्छ तर, कालो छालामा त्यति देखिँदैन ।

महिला वा पुरुष जोसुकैलाई पनि कालो पोतो अर्थात् चायाँ आउन सक्छ । पुरुषले यसलाई खासै वास्ता नगरे पनि महिलाहरु भने यो कुराले बढी नै चिन्तित हुन्छन् । प्रायः हरेक अस्पतालमा छालासम्बन्धि समस्याको उपचारका लागि छुट्टै युनिटको व्यवस्था गरीएको हुन्छ भने छालाको मात्रै उपचार गर्ने क्लिनिकहरु पनि सहर बजारमा पाइन्छन् । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तिको प्रकाश छालामा परिरहने, जथाभावि रुपमा सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालो पोतो आउने सम्भावना अत्यधिक हुन्छ । 

त्यस्तै छालामा मेलामाइन भन्ने तत्व हुन्छ । यसले छालालाई प्रकृतिक रंग दिने काम गर्छ । यदि मेलामाइमा गडबडी भयो भने छालामा हुनुपर्ने रंग नभई अर्कै देखिन्छ । विभिन्न थेग्लाथेग्ली, टाटाटाटी पनि देखिन सक्छ । त्यसैले मेलामाइनको गडबडीले पनि कालो पोतो आएको जस्तो देखिन सक्छ । त्यस्तै महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले पनि चाया आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ । 

जथाभावी खुलेका क्लिनिक एवम ब्युटी पार्लरमा उपचार गराउँदा छाला बिग्रन सक्ने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने चाया हटाउन प्रयोग गरिने केमिकलयुक्त क्रिम आफूखुशी प्रयोग गर्नुहुँदैन । यसले एर्लर्जी भई अर्को समस्या ल्याउन सक्ने भएकाले प्रयोग गर्नुपूर्व कतै छालामा लगाएर परीक्षण गर्नुपर्छ ।

चाया हटाउने उपाय 

चाया अर्थात कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरु प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृत छालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सकिन्छ । 

कसरी बनाउने फेसप्याक 

जौको पीठो, मुगको दाल, अण्डाको सेतो भाग र दूध मिलाएर बनाएको फेसप्याकले हानिरहित अनुहार सफा बनाउन सकिन्छ । छालाको बाहिरी भागमा रहेको कालो पोतो हटाउन यस किसिमको फेसप्याक उपयोगी हुन्छ । यस्तो फेसप्याक अनुहारमा लगाएको १५ मिनेटपछि दूधले भिजाउँदै मसाज गरेर पानीले पखाल्नुपर्छ । यस बेला कुनै पनि साबुनको प्रयोग गर्नुहुँदैन । बरु नियमित म्वोश्चराइजरको प्रयोग गरेमा छाला सुन्दर देखिनुका साथै स्वस्थ हुन्छ । 

त्यस्तै गाजर, आलु र काँक्रो मसिनो गरी कोरेसोमा कोरेर बटर मिसाएमा राम्रो फेसप्याक बन्छ । मुसुरोको दालको पीठो दूधमा मिसाएर पनि फेसप्याक बनाउन सकिन्छ । घरेलु सामाग्रीकाो प्रयोग गरेर बनाइएका फेसप्याकले छालाको बाहिरी सतहमा भएका फोहोर पदार्थ हटाई अनुहारको सुन्दरता बढाउँछ । 

चायाँ हटाउन वा यसबाट बच्न सूर्यको किरणबाट बच्नुपर्छ । घाममा निस्कँदा सनस्क्रिन लोसन लगाउनुपर्छ । छालाको प्रकृतिअनुसारको स्याहार गर्नुपर्छ । कुनै जटिल समस्या भएमा छालाको डाक्टरबाट उपचार गराउनुपर्छ । त्यसैगरी ताजा तरकारी, फलफूल, सागसब्जी सन्तुलित रुपमा खाने गर्नुपर्छ । मेकअप सामाग्रीमा पाउडर–ब्लसरको सामाग्री प्रयोग नगर्नु राम्रो हुन्छ ।

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-10-19 07:32:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts