आगोले पोलेको ठाउँमा माछाको छाला प्रत्यारोपण



Download our app to get more features

एजेन्सी । ब्राजिलमा आगोले पोलेपछि नष्ट भएको छालामा माछाको छाला प्रत्यारोपण गरेर उपचार गरिएको छ । 

ब्राजिलमा एकजना मानिसको शरीरको आधा भाग जलेपछि त्याहाँका चिकित्सकले माछाको छालालाई पोलेको भागमा सफल प्रत्यारोपण गरेका हुन् । 

ब्राजिलमा खेर गएको वस्तुको रुपमा प्रसिद्ध रहेको माछाको छाला मानिसको छालासँग निकै मिल्दो भएको हुँदामानिसको पोलेको भागमा माछाको छालाप्रत्यारोपण गरिएको हो । उक्त उपचार विधिबाट पोलेको दुखाई ७५ प्रतिशत सम्मकमहुने र औषधि सेवन गरिरहनु नपर्ने चिकित्सकहरुको दावी छ । 

नेपालमा पनि डढेर नष्ट भएको ठाउँमा छाला प्रत्यारोपण गर्ने गरिन्छ । कीर्तिपुर अस्पतालमा छाला बैंक नै स्थापितगरिएको छ । डढेको ठाउँमा छाला प्रत्यारोपण गर्दा उक्तभागले पुनःजीवन पाउँछ । 

Last modified on 2017-10-18 07:23:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts