हस्पिटलले नर्सको तलब नदिएपछि श्रम कार्यालयमा ज्ञापनपत्र



Download our app to get more features

विराटनगर, १ कात्तिक । मोरङमा सञ्चालित निजी अस्पतालहरूले राज्यले तोके अनुसार नर्सलाई तलब नदिएपछि तीन वटा ट्रेड यूनियनले श्रम कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । विभिन्न दल निकट तीन ट्रेड यूनियनले हस्पिटलको अनुगमन गरि राज्यले तोके अनुसार नर्सले तलब पाउनु पर्ने माग गर्दै श्रम कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएका हुन् । 

ट्रेड यूनियनका प्रतिनिधिहरूका अनुसार मोरङको बढीगंगा गाउँपालिकको टंकिसीनवारीस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, विराटनगरको नोेबेल, हाम्रो अस्पताल प्रा.लि, लाइभ गार्ड हस्पिटल, गोल्डेन, न्यूरो, ग्रिनक्रस, सुरक्षा, सप्तकोशी, संजीवनी, मोरङ सहकारी, ग्रीनक्रस, श्री अस्पताल, नेशनल किड्नी हस्पिटलले सरकारले तोके अनुसारको तलब दिएका छैनन् ।

नेपाल ट्रेड यूनियन महासंघ प्रदेश नम्बर १ का सचिब किशोर धमालका अनुसार ती अस्पतालले श्रम ऐनले तोके अनुसार तलब दिइरहेका छन् । यस्तै विराटनगरका अधिकांश आँखा अस्पतालले पनि राज्यले तोकेअनुसार तलब नदिएको उनले बताए । ऐन अनुसार तलब नदिनेमा तापडिया आँखा अस्पताल, रामलाल, विराट आँखा अस्पताल छन् । 

काँग्रेस निकट नेपाल ट्रेड यूनियन, एमाले निटक नेपाल ट्रेड यूनियन महासंघ, माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड यूनियनले न्यूनतम बेतन लागू नगराउने हस्पिटलको निरीक्षण गरि श्रम ऐन बमोजिम कारबाही गर्न समेत माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालि र नेपाल पत्रकार महासंघ मोरंगमा समेत ज्ञापन पत्रको बोधार्थ पठाएका छन् । 
 

Last modified on 2017-10-20 13:37:28

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts