डा. केसीले तोडे १३ औं अनशन



Download our app to get more features

काठमाण्डौ । माथेमा प्रतिवेदन र आफ्ना सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन सरकार सहमत भएपछि डा. गोपिन्द केसीले बुधबार साँझ अनशन तोडेका छन् ।

आगामी कार्तिक ६ गते बस्ने मन्त्रीपरिषदको बैठकले अध्यादेशबाट विधेयक ल्याउन सरकार सहमत भएपछि डा. केसीले १४ दिनदेखिको  अनशन तोडेका हुन । तर सरकारले अध्यादेशबाट विधेयक ल्याउन नसकेको खण्डमा पुनः आफु अनशनमा बस्ने चेतावनी डा. केसीले दिएका छन् ।  

डा. केसीले सरकारले आफुसँग भएको पूर्व सम्झौता कार्यान्वयन नभएको भन्दै गत असोज १९ गतेदेखि १३ औं अनशन सुरु गरेका थिए। 

Last modified on 2017-10-19 08:47:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts