अनुहारको दाग हटाउने यस्ता छन् घरेलु उपाय 



Download our app to get more features

मानिसको अनुहार उसको सौन्दर्यको सबैभन्दा महत्वपूर्ण भाग हो ।

अनुहारमा कुनै पनि किसिमको दाग वा कालोपन देखिए उसको अनुहार नै कुरुप देखिन्छ । अनुहारमा आएको डन्डिफोर, दाग वा चायाँले व्यक्तित्वमा समेत प्रभाव पर्छ । केटा होस् वा केटी दाग वा कुनै पनि निशान अनुहारमा देखिनु राम्रो मानिदैन । 

अनुहारमा भएको कालो दाग वा डन्डिफोरको दाग हटाउन मानिसले मेडिकल ट्रिटमेन्टदेखि घरेलु उपायसम्म अउनाउँछन् । तीमध्ये पहिलो रोजाइ र उपचार भनेको घरेलु उपाय नै हो ।
गोरो र चम्किलो अनुहार सबैलाई मन पर्छ र आकर्षक पनि देखिन्छ । लामो समयसम्म घाममा रहदा, प्रदूषण, उमेर बढ्दै जाँदा, हार्मोनमा हुने परिवर्तनका कारण पनि अनुहार कालो र नराम्रो हुन्छ । जसले तपाईंहाम्रो सौन्दर्यतामा नराम्रो प्रभाव पार्छ । कतिपयले अनुहारको यस्तो दाग हटाउन कस्मेटिक उपाय पनि अपनाउछन् । तर, त्यसको साइड इफेक्ट पनि हुन सक्छ । त्यसैले सकेसम्म घरेलु उपचार नै गर्नु पर्छ । यस्ता छन् अनुहारको दाग हटाउने घरेलु उपाय :

अवश्यक सामग्री :
–    सामान्य अकारको आलु 
–आधा चम्चा कागतीको रस


विधि :
–आलुलाई ताछेर सानोसानो टुक्रामा काट्ने र कागतीको रस हालेर मिक्सरमा राम्रोसँग पेस्ट बनाउने । 
–उक्त पेस्टलाई अनुहारमा लगाएर १५ देखि २० मिनेटसम्म सुक्न दिने । – त्यसपछि मनतातो पानीले धोएर सफा तौलियाले पुछ्ने ।
–उक्त पेस्टलाई नियमित अनुहारमा लगाउनाले अनुहारमा भएको दाग हट्दै जान्छ । 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-10-19 10:05:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts