स्तन क्यान्सर : चेतना बढ्यो तर रोगी घटेनन्



Download our app to get more features

जीवन शैलीमा परिवर्तन तथा खानपानमा लार्पबाहीका कारण पछिल्लो समय क्यान्सर रोगको वृद्धि भइरहेको छ ।महिला र पुरुष दुवैमा क्यान्सरको जोखिम बढ्दो छ । महिलामा हुने क्यान्सरको कुरा गर्दा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रो स्थानमा छ । 

हाल नेपालमा स्तन क्यान्सर सम्बन्धी चेतना बढेको छ । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रका महिलामा चेतानाको स्तर अझै बढ्दो छ । जागरुक भए पनि अझै उनीहरूले यस प्रति त्यती ध्यान भने दिएका छैनन् । 

नेपालमा महिलामा हुने क्यान्सर सम्बन्धी कुनै आधिकारीक अनुसन्धान तथा तथ्यांकन नभए पनि वर्षेनी करिब पाँच हजारमा स्तन क्यान्सर हुने अनुमान छ । यकिनका साथ भन्न नसके पनि महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेको छ । बदलिदो जीवनशैली, अस्वस्थकर खानपीन, बदलिँदो यौनजीवनले यसमा वृद्धि भइरहेको छ ।
स्तन क्यान्सरका कारण
क्यान्सर के कारणले हुन्छ भन्ने हालसम्म पनि स्पष्ट कारण पत्ता लागेको छैन । तर, यसको केही कारक तत्व हुन सक्छन्, जसले यसको सम्भावना बढाउँछ । कारक तत्वलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । 
—परिवर्तन गर्न सकिने
—परिवर्तन गर्न नसकिने
धेरै यस्ता कुराहरु छन् जसलाई ध्यान दिन सके स्तन क्यान्सरबाट बच्न सकिन्छ । जस्तैं मोटोपन घटाउने, धुम्रपान, मध्यपानका साथै समयमै बच्चा जन्माउने (३० वर्ष भन्दापहिला), नियमित स्तनपान गराउनाले स्तन क्यान्सरको जोखिम कम हुन्छ । परिवर्तन गर्न नसकिनेमा महिलाको उमेर, महिनावारी छिटो हुने (१२ वर्ष भन्दापहिला), महिनावारी ५० वर्ष भन्दा पछि हुने, वंशाणुगत जस्ता कारणलाई रोक्न सकिदैन । तर, सजग भए यसको जोखिम न्यूनिकरण गर्न भने सकिन्छ ।

यस्ता महिलामा क्यान्सरको जोखिम रहन्छ
 – परिवारमा पहिले स्तन क्यान्सर भएमा ।
 – ७५ प्रतिशत भन्दा बढी क्यान्सर ५० वर्ष माथिका महिलामा देखिएको छ ।
 – जुन महिलाको पहिलो महिनावारी १२ वर्ष उमेर भन्दा कममा भएमा ।
 – जुनमहिलाले बच्चा जन्माएकी छैनन् ।
 – जुन महिलाको पहिलो गर्भ ३० वर्षभन्दा माथिको उमेरमा भएमा । 
 – मोटा महिलामा । 
– चुरोट र मदिरापान गर्ने बानी भएमा । 

नेपालमा पछिल्लो समय कम उमेरका महिलामा पनि स्तन क्यान्सर देखिन थालेको छ । ४० देखि ५० प्रतिशतलाई ४० देखि ५० वर्षको उमेरमा स्तन क्याक्सर भएको पाइन्छ । त्यसैगरी ३० वर्षको उमेरमा पनि देखिन थालेको छ । जती कम उमेरमा स्तन क्यान्सर हुन्छ त्यती नै यो आक्रामक हुन्छ । त्यसलै स्तनक्यान्सरको स्केनिङ्ग ४० वर्ष भन्दा पहिला नै गर्नु पर्ने हुन्छ । 
लक्षण
महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेको छ । स्तन क्यान्सर भए नभएको आफंैले ऐना हेरेर पत्ता लगाउन सकिन्छ । स्तन क्यान्सर भएमा वा हुने सम्भावना भएमा निम्न लक्षण देखा पर्न सक्छन् 
– दुबै स्तनको आकारमा परिवर्तन भएमा
– दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा
– स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा
– काखी सुन्निएमा
– स्तनको छाला परिवर्तन वा रातो भएमा
– स्तन अथवा काखी दुखिरहे
– स्तनमा गाँठागुठी आएमा
– स्तनमा डिम्पल परेमा
साथै यीबाहेक स्तनमा कुनै पनि परिवर्तन आएमा चिकित्सकसँग जाँच गराउनु पर्छ । माथि उल्लेखित लक्षणहरु सुरुवाती अवस्थामा देखिने लक्षण हुन् । तर, कतिपय अवस्थामा कुनै लक्षण विनै पनि स्तनक्यान्सर देखिन सक्छ । त्यसैले २०÷२५ वर्षको उमेरदेखि नै हरेक २÷३ वर्षमा स्तनजाँच गराउँनु पर्छ ।  ४० वर्षभन्दामाथिका महिलाले हरेक वर्ष मेमोग्रामगर्दा स्तन क्यान्सरबाट हुने जोखिमबाट बँच्न सक्छन् । 
२० वर्षसम्मको उमेरमा : स्तनको परिवर्तनको लक्षण थाहापाउनमहिनाको एकपटक आफैंले स्तन परीक्षण गर्ने । 
२० देखि ३९ वर्षको उमेरमा : प्रत्येक तीनवर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने । 
४० देखि ४९ वर्षको उमेरमा : प्रत्येक एक÷दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने ।
५० वर्ष र तत्पश्चात् : प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।

स्तन क्यान्सर यस्तो रोग हो, जती छिटो थाहापाउन सक्यो उपचार पनित्यती नै राम्रो र कम खर्चिलो हुन्छ । जती ढिलो थाहा पायो उपचार पनि गाह्रो र खर्चिलो पनि हुन्छ । 
सुरुकै अवस्थामा थाहा पाए ९५ प्रतिशतलाई यो रोगबाट मुक्त गर्न सकिन्छ । यसैगरी पहिलो चरणलाई ८५ प्रतिशत, दोस्रो चरणलाई ७५ प्रतिशत, तेस्रो चरणलाई ५० प्रतिशत र चौथो चरणमा प्रवेश गरेकालाई १० देखि १५ प्रतिशतलाई मात्र बचाउन सकिन्छ । स्तन क्यान्सरबाट बँच्नु भनेको जती छिटो यसलाई पत्ता लगाउनु हो । 

उपचार प्रक्रिया
स्तन क्यान्सरको उपचार तीन प्रक्रियाबाट गरिन्छ  
—शल्यक्रिया
—केमोथेरापी
—रेडियोथेरापी
शल्यक्रियामा पहिला भन्दा धेरै परिवर्तन भएको छ । पहिला स्तन पुरै काटिन्थ्यो । जसले गर्दा कुरुप समेत देखिन्थ्यो । तर, अहिले स्तन बचाएर क्यान्सर भएको भागमा मात्र शल्यक्रिया गरिन्छ । 

केमोथेरापी पहिलाको तुलनामा धेरै राम्रो भएको छ । पहिलायसको साइड इफेक्ट धेरै हुन्थ्यो भने अहिले यसको साइड इफेक्ट कम हुन्छ । सबैमा एउटै औषधिको प्रयोग गरिन्थ्यो भने हाल क्यान्सरको अवस्था र प्रकार हरेर फरक फरक औषधि प्रयोग गरिन्छ । 

नेपालमा पहिलाको तुलनामा रेडियोथेरापीको पनि राम्रो विकास भएको छ । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा नयाँ रेडियसन मेसिन ल्याइएको छ । जसको प्रयोगबाट धेरै भन्दा धेरैलाई स्तन क्यान्सरबाट बचाउन सम्भव भएको छ । शल्यक्रियापछि स्तन बचाउन राम्रो रेडियसन मेसिनको आवश्यकता गर्छ । हामीले शल्यक्रिया गरेकामध्ये ५० प्रतिशतको स्तन बचाउन सफल भएका छौं । 

एक सेन्टिमिटर भन्दा ठूलो गिर्खाहरूलाई शल्यक्रिया र केमोथेरापी गर्नु पर्छ । यदि गिर्खा काखीमा सरेरेडियोथेरापी गर्नु पर्ने हुन्छ ।

उपचार पछि गर्नु पर्ने व्यवहार
स्तन क्यान्सरको शल्यक्रियापछि पूर्ण रुपमा निको भएमा वा केमोथेरापी गरेकाले खानपिनमा ध्यानदिनुको साथै शल्यक्रिया गरेको तर्फको हातलाई विशेष ध्यानदिनु पर्छ । शल्यक्रियामा काखीको गिर्खाहरु निकालिने हँुदा त्यसमा इन्फेक्सन हुने, हात सुन्निने  हुनसक्छ । जीवनशैलीलाई परिवर्तन गर्नुको साथै मनोबल बढाउनु पर्छ ।

( नेपालक्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका BREAST &Gioncologist डा. अमात्यसँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित )

Last modified on 2017-10-22 15:48:03

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts