दुईटा मन्त्रि फेरिँदा पनि स्वास्थ्य मन्त्रालयको ट्विटरमा गगन थापानै स्वास्थ्य मन्त्री



Download our app to get more features

काठमाण्डौ । अघिल्लो साल साउनमा निर्माण भएको प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री बनेका काँग्रेस नेता गगन थापा गत जेठसम्म मन्त्री बने । उनकै पालामा स्वास्थ्य मन्त्रालय केही हदसम्म 'टेक्नोलोजी फ्रेण्ड्ली' हुन खोजेको हो ।

थापा मन्त्री भएसँगै स्वास्थ्य मन्त्रालयले आफ्नो वेभसाइट नयाँ बनायो । परम्परागत खालको वेभसाइटलाई नयाँ रुप दिएर केही एडभान्स जस्तो बनाउन खोजिएपनि ती प्रयास गगन थापा गएसँगै रोकिएको छ । थापाकै पालामा स्वास्थ्य मन्त्रालयले 'मिनिस्टर अफ हेल्थ' भन्ने अफिसियल ट्विटर ह्याण्डल चलाउन थालेको थियो । जुन मन्त्रालयको अफिसियल साइटमा पनि लिंक गरिएको छ । तर, मन्त्रि थापामात्र होइन त्यसपछि आएका मन्त्री गिरिराजमणि पोखरेलको समेत बिदाई भइसक्दा पनि ट्विटरमा भने कुनै अपडेट गरिएको छैन ।

मन्त्रालयको ट्विटरमा अझै गगन थापा नै स्वास्थ्यमन्त्री छन् । सन् २०१६ को डिसेम्बर १२ मा अन्तिम ट्विट गरिएको छ । निजी स्वास्थ्य संस्थामा १० प्रतिशत सेवा विपन्नलाई निशुल्क गर्न निजी व्यवसायी सहमत भएको विषय गरिएको पत्रकार सम्मेलन बारे तत्कालिन मन्त्रि गगन थापाले गरेको ट्विटले मन्त्रालयको अफिसियल ह्याण्डलबाट रिट्विट गरिएको छ । 

त्यसो त त्यसपछि पनि गगन थापा अर्को ६ महिना स्वास्थ्य मन्त्री भए । तर, मन्त्रालयको ट्विटरमा कुनै अपडेट छैन । जुन ट्विटर ह्याण्डलमा अझैसम्म कुनै नयाँ ट्विट भएको छैन । ट्विटमात्रै होइन उक्त ह्याण्डलमा स्वास्थ्यमन्त्रीका रुपमा गगन थापा कै फोटो टाँगिएको छ ।

मन्त्रालयको वेभसाइटमा मन्त्रिको नाम र फोटो 'चेञ्ज' गरिएपनि ट्विटरमो लिंक भने पुरानै छ । यसैले पनि देखाउँछ नेपालको प्रशासनिक क्षेत्र कति 'टेक्नोलोजी फ्रेण्डली' छ भन्ने देखिन्छ ! पछिल्लो समयकै सबैभन्दा व्यवस्थित भनिएको सचिवालय बनाएका तत्कालिन मन्त्रि थापाको आफ्नै समुहमा टेक्नोलोजी एक्स्पर्ट समेत थिए । तर उनीहरुले समेत अझै उक्त ट्विटर एकाउण्टका बारेमा चिन्ता लिएको देखिँदैन । 
  

Last modified on 2017-10-23 08:25:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts