डा. केसीको माग समेटेर सरकारले आज चिकित्सा शिक्षा अध्यादेश ल्याउँदै 

उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । सरकारले संसदको अन्तिम बैठकसम्म पारित गराउन कसरत गरे पनि पारित नभएको चिकित्सा शिक्षा विद्येयक आज अध्यादेशमार्फत ल्याउँदै छ ।  

पटक पटक अनशनमा बस्दै आएका डा. गोविन्द केसीका माग समेटिएको सो विद्येयकलाई अध्यादेशमार्फत  आज बस्ने मन्त्रिपरिषदको बैठकले ल्याउन लागेको हो । 
डा. केसीका सहयोगी डा. अभिषेकराज सिहंका अनुसार सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

१ कात्तिकमा डा. गोविन्द केसीको १३औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ल्याउन लागेको हो । शिक्षा मन्त्रालयले आइतबार सो अध्यादेशलाई अन्तिम रुप दिएको थियो । विधेयकको मस्यौदा तयारीमा कानुन व्यवसायी ओमप्रकाश अर्याल र पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चाडवाड नभनी निरन्तर प्रयास गरेको चिकित्सक सिहंले बताए । 

उनका अनुसार उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज, विस्तारित कार्यक्रम र प्रतिष्ठानसमेत खोल्न पाइने छैन । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको छ । ‘अब एउटा विश्वविद्यालयले पाँच भन्दा बढी कलेजलाई सम्बन्धन दिन सक्ने छैनन् भने सबै विश्वविद्यालयको परिक्षा प्रणालीमा एकरुपता भइ एकै किशिमको हुने छ । 
के छ अध्यादेशमा ?
उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँच भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने,
मेडिकल कलेजको आफ्नै अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने,
सरकारी र सार्वजनिक शिक्षण संस्थाले कम्तीमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र यसलाई बढाउँदै लगेर शतप्रतिशत बनाउनुपर्ने,
चिकित्सा शिक्षा आयोगलाई  शक्तिशाली बनाउने,

यो अध्यादेशमा पहिला हटाइएका केही बुँदाहरु पनि थपिएका छन् । जस्मा मेडिकल कलेज सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अस्पताल खोल्नका लागि अनुमतिपत्र लिई आफ्नै अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने व्यवस्था पनि थप गरिएको छ । यसअघि यो व्यवस्थाको पनि सांसदहरूले चर्को विरोध गरेका थिए । 

Last modified on 2017-10-23 14:29:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts