ठूलो मन गर्नुहोस् खुसी जहाँ पनि मिल्छ 



Download our app to get more features

अघिल्लो साता भएका आत्महत्याका दुई घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा निकै चर्चा पाए ।

आत्महत्याको पूर्वसूचना समाजिक सञ्जालमा गराएर भएका यी घटनाले आममानिसको ध्यान आकृष्ट बनाएका थिए । साताको सुरुमै काठमाडौंका एक विद्यार्थीले पूर्वजानकारी सामाजिक सञ्जालमा गरेर अत्महत्या गरे र त्यसको लगत्तै झापाकी एक जना किशोरीले पनि उस्तै शैलीमा आत्महत्या गरिन ।

यी माथिका दुई घटना त प्रतिनिधि उदाहरण मात्रै हुन् । यी बाहेक बाहिर नआएका आत्महत्याका घटना कति छन् कति । यस्ता सबै घटनाको सूचना सबैले पाउनैपर्छ भन्ने पनि होइन । अझ एउटा सभ्य समाजमा यस्ता हुनु नै हुँदैन भन्ने हो । त्यसो भए मानिसले किन रोज्छ त आत्माहत्या ? यसको सहज उत्तर छ परिस्थितिसँग जुध्न नसकेर । जबसम्म मानिसले जिन्दगी भनेको उतारचढाब हो, सधै आफुले चाहेको कुरा पाइदैन, कहिले सोचेँ भन्दा बढी सफलता मिल्छ त कहिले ठीक उल्टो हुन्छ भनि बुझ्न सक्दैन तब समस्या उत्पन्न हुन्छ । चाहे झुपडीमा बस्ने गरिब होस्, चाहे महलमा बस्ने राजा, कोही पनि सधै खुशी हुँदैन ।

सत्य आफैसँग लुकेर बसेको हुन्छ । जबसम्म एकले अर्कालाई आफ्ना व्यक्तिगत कुरा भन्दैन तबसम्म आफ्नो समस्याको के हो अरुले थाहा पाउदैनन । अनि त्यो समस्यासँग जुध्न साथ पनि पाउन सकिदैन । समस्या समस्याको रुपमै रहिरहन्छ र अझ नकारात्मक धारणा विकास गर्दै जान्छ । यदी अरुसँग समस्या बारे छलफल गर्ने बानी बसायांै भने त्यो भोली अवसरको रुपमा परिणत पनि हुन्छ । 


हामीले देखेका छौं एक छाक टार्नलाई दिनहुँ कमाएर  पेट पाल्ने नि उत्तिकै खुशी हुन्छन् जति सायद सुनको थालीमा खाने हुन्छन् । खुशी प्रशस्त धन, भव्य महल, बिलासी जीवनमा मात्र हुँदैन। खुशी हुनलाई ठूलो मन हुनु पर्छ । कर्म गरे फलको प्राप्ति हुन्छ, तर के कर्म नगर्दा जिन्दगी सकिने हो ? होइन । जीवनको मूल्य धेरै छ । एक पटक पाएको जीन्दगीमा हरेस खाए हुँदैन । सबै बाचासँग लडेर जान सक्नु पर्छ । हरेकले प्रत्येक समय केही न केही चोट पाएको हुन्छन् । तर, समस्यासँग लडन सक्नु पर्छ । रातपछि दिन, दिन पछि रात आउँछ, त्यस्तै सुख र दुःख पनि त्यस्तै हो । आउने र जाने गर्छन् । एउटा चोट लाग्ने बित्तिकै चलिरहेको पाइलाको गति रोक्ने होइन । बच्चाले लड्दै उठ्दै हिड्न सिके झै हो जीवन । मानिसले पेटमै हुँदा केही पनि सिकेर आएका हुँदैन ।  एउटा गए हजारौ बाटो खुल्छन, हार मानेर होइन, आधार राखेर फेरि जीवनको गतिलाई झन् झन् अगाडि बढाउनु पर्छ । 


व्यक्तिको मात्र कमजोरी हो त आत्माहत्या ? भन्ने कुरा पनि आउँछ । विल्कुल होइन सबैभन्दा ठूलो कमजोरी हाम्रो शिक्षा प्रणालीमा छ । जहाँ हामीले खाली पाउने, प्राति गर्ने, विजयी हुने मात्र पढ्छौं । तर, जीवनमा जहिल्यै पाउने मात्रै हुँदैन । कतिपए कुरा गुमाउदै जानु पनि पर्छ । यस्ता ज्ञान हाम्रो शिक्षकले, हाम्रा अभिभावकले सिकाउनु पर्छ । खुशीमा साथीसँग रमाए जस्तंै दुःख पर्दा नजिकका मन्छेलाई भन्न सक्नु पर्छ ।  त्यसले दुःखमा मन हलुको हुन्छ । आफ्नो मनमा आएका कुविचारलाई निकाल्न परार्मश सेवाको पहुँच सहज र विश्वासिलो हुनुपर्छ । जिन्दगी आफ्नो लागि होइन अरुको लागि बाँच्नु पर्छ । आमा, बुबा, दाई, भाइ दिदीबैनी सबैलाई त्यस्तो गर्दा कति पीडा होला सोच्नु पर्छ । आत्महत्या गरेर हारसँग भाग्नु होइन झन् आफनो आत्मसम्मान गिराउनु हो । इच्छा गरे हरेकको उपाय निस्किन्छ । अमूल्य जीवनको मोल धेरै छ । क्षणमै खरानी बनाउनु हुन्न् । 

Last modified on 2017-10-27 07:34:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts