अकुलोप्लाष्टिक गर्ने बढ्दै 



Download our app to get more features

काठमाडौं, १० कात्तिक । तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा अकुलोप्लाष्टिक गर्नेको संख्या बढ्दै गएको जनाएको छ । अस्पतालका अनुसार तिलगंगामा मात्रै वार्षिक अकुलोप्लाष्टिक गर्नेको संख्या करिब १० हजार छ । आँखाको सौन्दर्य बढाउनेदेखि आँखाको क्यान्सरमा समेत अकुलोप्लाष्टिक उपचार पद्धति अपनाइने हुँदा यसमा बिरामीको आर्कषण बढ्दो छ ।

प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. रोहित सैंजुका अनुसार सामान्य तथा जटिल प्रकारका आँखाको समस्यामा अकुलोप्लाष्टिक शल्यक्रिया गर्नेको संख्या वर्षको १५ सयको हाराहारिमा छ । आँखा उपचारमा यो विधिबारे जनचेतनाको अभाव भए पनि प्रतिष्ठानले सुधारका प्रयास गरिरहेको डा. सैंजुले जानकारी दिए । 
के हो अकुलोप्लाष्टिक
डा. सैंजुका अनुसार अकुलोप्लाष्टिक आँखा स्वास्थ्यको विशिष्ट सेवा हो । जुन आँखाको सौन्दर्यदेखि लिएर क्यान्सर सम्मको उपचारमा अपनाइन्छ । दुर्घटना वा अन्य समस्याका कारण बिग्रेको आँखादेखि आँखाको प्राकृतिक स्वरुप परिवर्तनमा समेत यो विधि उपयुक्त हुन्छ । डा. सैंजुका अनुसार अकुलोप्लाष्टिकमार्फत आँखाको डल्लो बस्ने ठाउँ, आँखाको डिल, आँशुनली र अनुहारको आकृतिको संरचना मिलाउन वा पुर्नसंरचना गर्न सकिन्छ । 

नेपालमा सामान्य अकुलोप्लाष्टिक सेवा देशभरका आँखा अस्पतालले उपलव्ध गराइरहेका छन् । तर, जटिल र विशिष्ठ अकुलोप्लाष्टिक शल्यक्रिया लागि भने काठमाडौं नै आउनु पर्ने बाध्यता छ । देशका अन्य स्थानमा पनि विशिष्ठ अकुलोप्लाष्टिक सेवा विस्तारका लागि नेपाल अकुलोप्लाष्टिक सोसाइटी फर सर्जनले अकुलोप्लाष्टिक सम्मेलन आयोजना गर्दै आएको छ । सोसाइटीले सन् २०१० मा पहिलो सम्मेलनको आयोजना गरेको थियो । अक्टोबर २७ र २८ मा पनि सोसाइटीले काठमाडौंमा अकुलोप्लाष्टिक सम्मेलन गर्दैछ । सम्मेलनमा १२ जना राष्ट्रिय र २२ जना अन्तराष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।
 

Last modified on 2017-10-28 08:04:14

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts