कान्ति अस्पतालमा क्यान्सरका खचाखच बिरामी, बेड पुगेन

छैन क्यान्सर विशेषज्ञको पद



Download our app to get more features

काठमाडौं, ११ कात्तिक । कान्ति बाल अस्पतालमा बेड संख्या भन्दा दोब्बर क्यान्सरका बिरामी भएपछि उपचारमा समस्या भएको छ ।

क्यान्सर रोगको उपचार गराउन आउने बच्चाहरुको संख्या बढेपछि अस्पतालमा बेड अभाव भएको हो । उपचारका लागि क्यान्सर फन्ड मार्फत सेवा सुरु गरेको अस्पतालमा क्यान्सरको उपचारका लागि छुट्टै २६ बेड संचालनमा रहेको अस्पतालका निर्देशक डा गणेश राईले बताए । राईका अनुसार हाल कान्तिमा ४५ जना क्यान्सरका बिरामी भर्ना भई उपचार गराईरहेका छन् अस्पतालका अनुसार ७० जना क्यान्सरका बिरामीले उपचार गराइरहेका छन् ।

उपचार सेवा लिन आउने क्यान्सर बिरामीको संख्या प्रतिदिन बृद्धि भइरहेको छ राईले भने, ‘बेड अभावका कारण धेरै जसो बिरामी सेवा नपाएर फर्कने गरेका छन् । क्यान्सरका थुप्रै अस्पताल संचालनमा छन् तर, कान्तिमा क्यान्सर लागेका बच्चाहरु उपचारमा ल्याउदा क्षमता भन्दा बढी देखिएको हो ।’ उपचार गराउन आएका सबै बिरामीलाई सेवा दिने हो भने, तत्कालै क्यान्सर उपचारका लागि मात्रै एक सय बेडका साथै कर्मचारीको व्यवस्थापन गर्नुपर्छ उनले भने । बेड अभावका कारण क्यान्सरका बिरामीको उपचार गर्न नर्मल बेड प्रयोगमा ल्याइएको बताए । राईका अनुसार नर्मल वेडमा क्यान्सर रोगिलाई राखेर उपचार गर्दा सामान्य बिरामी सेवा लिन बाट बन्चित भएका छन् ।

कान्ति बाल अस्पतालले क्यान्सरका धेरैजसो बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ । सरकारले ५० लाख रुपैयाँ क्यान्सरका बिरामीको उपचार गर्न भन्दै कान्ति अस्पतालको क्यान्सर फन्डमा जम्मा गरेको छ । क्यान्सर विशेषज्ञ बिना उपचार कान्ति बाल अस्पतालले क्यान्सर बिरामीहरुको उपचार सेवा दिँदै आएपनि त्यहाँ क्यान्सर विशेषज्ञको पद छैन । क्यान्सर उपचार सम्बन्धी तालिम लिएका दुई जना बच्चाका डाक्टरले सेवा दिदै आएका छन् । अस्पतालका डा.प्रकाश निधी तिवारी र डा. कैलाश प्रसाद शाहले क्यान्सरको तालिम लिएको भरमा क्यान्सरका बिरामीको सेवा दिँदै आएका छन् ।

Last modified on 2017-10-30 07:37:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts