नर्मल डेलिभरी र सिजेरियन डेलिभरी कुन राम्रो ?

नर्मल डेलिभरीले यौन आनन्दमा कमी– भ्रम मात्र



Download our app to get more features

सुत्केरी गराउने दुई विधि छन् । सामान्य डेलिभरी र सिजरियन सेक्सन ।

तर, दुवै विधिको मूल उदेश्य सहज रुपमा शिशुलाई संसार ल्याउनु हो । केही वर्ष अघिसम्म सामान्य अथवा नर्मल डेलिभरीबाट मात्रै सुत्केरी गराइन्थ्यो । यो विधिका कारण कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमै समेत खतरा पुग्ने गथ्र्यो । तर प्रविधिको विकाससँगै सुत्केरी गराउने विधि पनि परिर्वतन भएको छ । आमा र शिशु दुवैको स्वास्थ्यमा असर नपर्ने हुँदा धेरै गर्भवतीले सिजेरियना सेक्सनलाई जोड दिन थालेका छन् । तर यी दुवै विधिको आ–आफ्नै फाइदा र बेफाइदा छन् । 

नर्मल डेलिभरी प्राकृतिक र परम्परागत विधि हो । पृथ्वीको उत्पतिसँगै यो विधिको सुरुवात भएको हो । यो विधि अनुसार शरीरले सुत्केरी हुने अवश्यक वातावरण सृजना गर्दै पाठेघर खुल्ने र बच्चा जन्मिदाको पीडा आमामा महशुस गराउँछ । नर्मल डेलिभरी हुँदा अस्पतालमा धेरै समय बस्नु पर्दैन । कृत्रिम घाउ नहुँदैन । आमा बन्ने क्रममा प्रसब पीडा भए पनि प्रसब पछि पीडा कम हुन्छ । नर्मल डेलिभरी भएपछि आमाले बच्चालाई लगत्तै आफ्नो दुध खुवाउन सक्छन् । जुन बच्चाको लागि अमृत सरह हुन्छ । आमा र बच्चाबीचको सम्बन्ध झन घनिष्ठ गराउँछ ।

तुरुन्तै एकले अर्काको श्पर्स पाउँछन् । नर्मल डेलिभरीमा थोरै रगत (५ सय एमएल) मात्रै जान्छ । यसमा कुनै भित्रि अङमा क्षति पुग्ने डर हुँदैन । तर, अपवातका रुपमा धेरै रगत जाने सम्भावना पनि हुन्छ । जसलाई पोष्टपार्टम ह्युमीरेज (पीपीएच) भनिन्छ । कहिलेकाहि बच्चा च्यापिएर अक्सिजनको कमी हुने बच्चालाई ब्रुजेल लाग्ने डर हुन्छ । जस्तो शरीर सुनिने आदी । नर्मल डेलिभरीमा पछि गएर आंङ खस्ने  समस्या पनि देखिनसक्छ । कहिलेकाही जबरजस्ती साल तान्दा पाठेघर फर्कीन पनि सक्छ । यस्तो अवस्थामा आमाको ज्यानै जाने सम्भावना पनि हुन्छ । 

सिजेरियनका फाइदा र बेफाइदा
सिजेरियन सेक्सन पनि दुई प्रकारका छन् । आकस्मिक र ऐच्छिक । ऐच्छिकमा बच्चा जन्मिनु अघि तर समय पुगि सकेको अवस्थामा आमाको पेट चिरेर बच्चा निकालिन्छ । यसो गर्दा आमामा तनाव र पीडा कम हुन्छ । आमालाई सबै कुराको तयारी गर्न र मानसिक रुपमा तयारी हुन प्रर्याप्त समय पनि हुन्छ । अर्काे आकास्मिक सिजेरिय विधि हो । यो विधिको प्रयोग गर्भमा भएको शिशुलाई अप्ठयारो परेको खण्डमा या आमालाई अप्ठ्यारो परेको खण्डमा गरिन्छ । शिशुको मुटुको धड्कन कम वा बढी हँुदा, तौल धेरै हुँदा, प्रसवको समय चाहिने भन्दा बढी भएमा, आमालाई गाह्रो पर्दा वा कुनै जटिल रोग हुँदा गरिन्छ । आकस्मिक सिजेरियन गर्दा आमालाई बेहोश बनाइन्छ । पूर्णत बेहोस नगराई पेटदेखि तल्लो भाग मात्रै बेहोश बनाउने गरिन्छ । आमाले बच्चा निस्केको हेर्न सक्छिन ।

सिजेरियन वा शल्यक्रिया गरी शिशु निकाल्दा संक्रमण हुने, धेरै रगत जाने, औषधिको एलर्जी हुने, भित्रि अंगमा चोट लाग्ने र बेहोश बनाउँदा समस्या देखिन सक्छ । एसटीडी, एचआइभी र एचपीआर भएका आमाबाट बच्चामा सर्ने रोगको न्युनिकरण गर्न सकिन्छ । जुन नर्मल डेलिभरीमा बढी हुन्छ । पेनिक फ्लोरको चोट पनि कम हुन्छ । नर्मलमा भन्दा बढी सयम अस्पताल बस्नुपर्ने हुन्छ । शल्यक्रिया गरेको घाउ निको हुन समय लाग्छ । 

गर्भवतीले प्रसव पीडाका डरले सिजेरियन गर्ने प्रचलन बढ्दो छ । जुन गलत हो । कतिपयमा नर्मल डेलिभरी गर्दा यौन आनन्दमा असर गर्छ भन्ने भ्रम पनि छ । त्यो कथाचित सत्य होइन । बच्चा जन्मे पछि केहि समयमा यौनाङ पूर्णत पहिलेकै रुपमा आउँछ । त्यो भ्रमले अपे्रसन गराउनु राम्रो हँुदैन । तर अवश्यकता अनुसार शल्यक्रिया भने गर्नुपर्छ । नत्र आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ । शल्यक्रियापछि सोही अनुरुपको खानपानले आमालाई छिट्टै सन्चो बनाउँछ । 

 

Last modified on 2018-08-20 16:51:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts