मुटु र फोक्सो प्रत्यारोपण गर्ने तयारीमा मानव अंग प्रत्यारोपण केन्द्र

हप्ताको ८ ओटा सम्म मृगौला प्रत्यारोपण 



Download our app to get more features

काठमाडौं, १६ कार्तिक । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा विदेशीहरु अंग प्रत्यारोपण गर्न आउने क्रम बढेको अस्पतालले जनाएको छ । अहिलेसम्म १२ जना भारतीयले मृगौला प्रत्यारोपण गराइसकेका छन् । 
अस्पतालका अनुसार अस्पताल स्थापना भएको दुई वर्ष सम्म कुनै  पनि विदेशी उपचारका लागि नआएपनि पछिल्लो समयमा भारतबाट नेपालमा उपचार गराउनका लागि आउनेको संङख्या बढ्दै गएको शाखाअधिकृत हरिहर पोखरेलले बताए । 

प्रत्यारोपण कोअडिनेटर सनिसा कार्कीका अनुसार भारतमा भन्दा नेपालमा प्रत्यारोपण मुल्य सस्तो र छिट्टै पालो आउने भएकाले भारतीय नागरिक उपचारका लागि नेपाल आउने गर्दछन् । त्यस्तै यस हप्ताको लागि पनि एक जना विदेशी नागरिक प्रत्यारोपणको लागि पर्खाइमा रहेको प्रत्यारोपण कोअडिनेटर कार्कीले बताइन । मानवअंग प्रत्यारोपण केन्दबाट अहिले हप्ताको ८ ओटा सम्म मृगौला प्रत्यारोपण हुने गरेको अस्पतालकी डा.कल्पना श्रेष्ठले बताइन । 

अस्पतालबाट आर्थिक वर्ष २०६९ ७० देखि ०७५ असोज सम्ममा एक लाख ३ हजार ११ जनाले डाइलासिस गराएका छन् । ३ सय ५३ जनाले मृगौला प्रत्यारोपण गरेका छन् । त्यस्तै कलेजो प्रत्यारोपण भने दुई जनाको मात्र भएको छ । अस्पतालले अब छिट्टै मुटु र फोक्सो प्रत्यारोपण गर्ने तयारी गरिरहेको पोखरेलले बताए । 

Last modified on 2017-11-02 17:02:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts