देशभरका अस्पतालमा सामाजिक सेवा इकाई विस्तार हुने

What's This?


Download our app to get more features

काठमाडौं, १६ कात्तिक । सरकारले असाहय र आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा सहजता ल्याउन देशभरका अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गर्ने भएको छ ।

हाल अञ्चल र केन्द्रीय गरी १३ वटा अस्पतालमा मात्रै रहेको सामाजिक इकाईलाई छिट्टै नै ५० शय्या भन्दामाथिका जिल्ला अस्पतालसम्म विस्तार गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुगमन महाशाखाका प्रमुख डा. दिपेन्द्ररमण सिंहले सम्बन्धित निर्देशिका अनुसार आगामी तीन वर्षभित्र अन्य स्थानीय तहका अस्पतालमा पनि सामाजिक सेवा इकाई विस्तार गर्ने तयारी गरेको बताए । विशेषगरी समाजिक इकाइले निःशुल्क उपचार लिनेहरू, असाहय र बेवारिसे बिरामीको उपचारमा सहयोग गर्दै आएको छ ।

‘अस्पतालमा खडा गरिएका सामाजिक इकाईले ग्रामीण भेगबाट आउने बिरामीको उपचारमा राहत मिल्नेछ,’ डा. सिंहले भने, ‘यसकारण  विस्तार गर्नु पर्ने आवश्यकता देखियो । सोही अुनसार मन्त्रालयले काम अघि बढाएको हो ।’
 

Last modified on 2017-11-03 07:33:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts