बेवारिसे बिरामीले आजीत ट्रमा सेन्टर

वरपर अरु बिरामी बस्न मान्दैनन



Download our app to get more features

काठमाडौं, २० कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) यतिवेला बेवारिसे बिरामीको उपचारले समस्यामा परेको छ ।

न्याम्स मातहत सञ्चालित राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा बेवारिसे बिरामी नआएको कुनै दिन छैन । सरकारको पूर्ण स्वमित्वमा रहेको एक मात्र वीर अस्पताल भएकाले वीरमा बेवारिसे बिरामीको व्यवस्थापन बर्षौ देखिको समस्या बन्ने गरेको छ । तर, पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा पनि बेवारिसे बिरामी व्यवस्थापनको गम्भीर समस्या देखिएको ट्रमा सेन्टरका निर्देशक प्रा.डा प्रमोद कुमार उपाध्यायले बताए । 

अस्पतालको इमरर्जेन्सि कक्षमा दिनहुँ बेडको अभाव भइरहेको हुन्छ उपाध्यायले भने, ‘अरु बिरामीले वेड पाउनै समस्या भएको अवस्थामा दिनहुँ बेवारिसे बिरामी थपिदा सेवा प्रभावित भएको छ ।’ 

बेवारिसे बिरामीले सेवा पाउनु हुदैन भन्ने हैन् तर, बेवारिसेले महिनौं महिना वेड ओगट्दा अन्य बिरामीले सेवा नपाउने अवस्था देखिएको छ । उनले सडकबाट उठाएर अस्पतालमा ल्याएर प्रहरीले छाड्ने गरेको र त्यसपछिको सबै जिम्मा अस्पतालको भएकाले बेवारिसे बिरामीको व्यवस्थापनले अस्पताल सुधारमा चुनौति थपेको बताए । 

दिनमा १० जना बिरामी आउँछन
राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा गरी दैनिक १० जनाको हाराहारीमा बेवारिसे बिरामी भर्ना हुन्छन । कतिपय बिरामीहरु सामान्य उपचारपछि पुनः अस्पतालबाट डिस्चार्ज हुने गरेका छन भने कतिपय बिरामीहरु लामो समयसम्म अस्पतालमै बस्ने गरेको डा. उपाध्यायले बताए । उनिहरुको रेखदेख अस्पतालले गर्दै आएको छ भने उपचार सेवा पुर्णरुपमा निशुल्क छ । वीर अस्पतालमा दिनहुँ चार जनाका दरले  बेवारिसे बिरामी उपचारका लागि आउने गरेका छन् । 

सामाजिक सेवा इकाइकी सुभर्दा कार्कीका अनुसार हालसालै तीनजना बेवारिसे बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको छ । उनले सामान्य वेड बेवारिसेले ओगट्दा अरुलाई उपचारमा समस्या भएको भन्दै अस्पतालको आकस्मिक कक्षमा बेवारिसे बिरामीका लागि भनेर दुइवटा लो–बेड छुट्याइको बताइन । 

वरपरीका बिरामी सकसमा 
उपचार गराउन आएका बेवारिसे बिरामीहरुमा मानसिक समस्या, लागुऔषधको प्रयोग गर्ने, हात खुट्टमा चोट हुने बढी देखिएका छन् । निर्देशक उपाध्यायले भने, ‘अधिकाशं बिरामीहरु कहिल्यै निको नहुने खालका छन । हामीसंग उनिहरुका लागि उपचार गर्ने छुट्टै कोटा र वेड छैन । अरु बिरामीसंगै राखेर उपचार गरेका छौं । जसका कारण अन्य बिरामीहरुलाई समस्या परेको छ ।’ 
उपाध्यायका अनुसार ओछ्यानमै दिसापिसाव गर्ने, थुक्ने, कराउने गर्दा छेउछाउका बिरामीलाई थप समस्या भएको छ । 

बिरामीको गुनासो 
ट्रमा सेन्टरमा उपचार गराइरहेका पूर्व लडाकु समेत रहेका सुमन नेपाल (नाम परिवर्तन) ले आफ्नै छेउमा बेवारिसे बिरामी रहेको र दिसा पिसाव वेडमै गर्ने भएकाले आफुलाई समस्या भएको बताए । पटक पटक मैले अस्पतालमा जानकारी गराएको छु तर, सुनुवाई भएको छैन । मैले उसको दिसा पिसाव सुगेर बस्नु परेको छ ।’ कतिपय अवस्थामा आफैले सोर्ने गरेको पनि उनले बताए । 

मेरो छेउमा राखिएको छ उनले भने, ‘उठ्न सक्दैन वेडमै दिसा, पिसाव गर्छ गनाएर म बस्न सक्दिन अनि सफा नगरेर के गरौ त ?’ वीर अस्पतालका निर्देशक प्रा.डा भुपेन्द्र कुमार बस्नेतले सरकारले बेवारिसे मानिसको उपचार र बसोबासको उचित व्यवस्थापन गर्नुपर्ने बताए । चिकित्सकहरु गएर सेवा दिन तयार छन् उनले भने, तर, ‘उनिहरुलाई यसरी सबैको बिचमा राखेर हैन कुनै निश्चित स्थानको व्यवस्था गर्नुपर्छ ।’
 

Last modified on 2017-11-06 13:05:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts