चिकित्सा शिक्षा अध्यादेश पारित गर्न राष्ट्रपतिलाई प्रा.डा केसीको एक हप्ते अल्टिमेटम



Download our app to get more features

काठमाडौं, २० कात्तिक । मन्त्री परिषद्द्वारा पारित चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आलटाल गरेपछि प्रा.डा गोविन्द केसीले पत्रकार सम्मलेन गरी विरोध गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा अध्यादेश रोके त्यसको परिणाम नराम्रो हुने डा. केसीले चेतवानी दिएका छन् । केसीले एक हप्ताभित्रै अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिलाई अल्टिमेटम पनि दिएका छन् । 

राष्ट्रपतिले अध्यादेश प्रमाणिकरणमा नगरे उनीविरुद्ध नै उत्रने डा. केसीले बताए । कार्यक्रममा अध्यादेश कानुन सम्वत रुपमा गएकाले राष्ट्रपतिले रोक्न नमिल्ने उनले बताए । अध्यादेश रोक्न राष्ट्रपतिले चलखेल गरे उनले सडकमा आएर जवाफ दिनु पर्ने पनि बताए । कार्यक्रममा डा. केसीले मफियाको चंगुलमा राष्ट्रपति परेको आरोप लगाउँदै त्यसको बदला लिने उद्घोष पनि गरे । 

Last modified on 2017-11-07 10:12:31

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts