गण्डकी मेडिकल कलेज घटनाप्रति डक्टर्स सोसाइटीको ध्यानाकर्षण

जेल विदाउट वेल को कानुन निशर्त अविलम्व लागु गर्न माग



Download our app to get more features

काठमाडौं,२१ कात्तिक । डक्टर्स सोसाइटी अफ नेपाललले कात्तिक ११ गते पोखरा स्थित गण्डकी मेडिकल कलेजमा बिरामी गीता अर्यालको शल्यक्रियापछि  मृत्यु भएको घटनालाई लिएर यहि कात्तिक १७ गते अस्पतालमा परिसरमा उत्पन्न तनावप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ  । 

आज एक विज्ञप्ती जारी गर्दै घटनाप्रति दुख व्यक्त गर्दै यस्तो दुखत अवस्थामा पनि खेद वक्तव्य निकाल्नुपर्ने बाध्यता आइलागेको उल्लेख गरेको छ । यस घटनामा चिकित्सकिय लापरवाही हो वा हैन कुनै छानबिन हुनु पूर्व न नै मृतकका आफन्त भनिने भीडले गत १७ गते  अस्पतालमा जबरजस्ती तालाबन्दी गरी चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई धम्काउने जस्ता निन्दनिय कार्य  गरी अस्पतालको नियमित सेवा प्रवाहमा अवरोध गरिनु खेदजनक भएको विज्ञप्तीमा जनाइएको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा टायर बाल्ने, तोडफोड गर्ने मात्र नभएर मृत शरीरलाई आईसीयूबाट निकाल्न नदिएर गल्दै गरेको लाशलाई जबरजस्ती राख्न बाध्य पार्नु आफैमा खेदजनक भएको विज्ञप्तीमा भनिएको छ। 

सो घटनाक्रममा भएको आक्रमण तथा तोडफोडका सम्पूर्ण प्रमाणहरु अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालय,कास्कीमा पेश गर्दा समेत उक्त निकायबाट सुरक्षाको प्रत्याभुति नदिइएको र दिन नसकिने जानकारी गराईकोले सरकार निकायहरुको गैरजिम्मेवारी प्रष्ट देखिएको बताइएको छ । 

स्वास्थ्य सेवामा सुरक्षाको प्रत्याभुति स्थापीत गरि स्वास्थ्य क्षेत्रलाई हिंसामुक्त बनाउन आवश्यक पहल गर्न पनि सोसाईटीले यसै विज्ञप्तीमार्फत माग गरेको छ ।
साथै जेल विदाउट वेल को कानुन निशर्त  अविलम्व लागुगर्न पनि माग गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts