विवादित एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न माग 



Download our app to get more features

काठमाडौं, २१ कात्तिक । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले शैक्षिक सत्र ०७४÷७५ का लागि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न स्वतन्त्र विद्यार्थी यूनियन त्रिविले माग गरेको छ । प्रवेश परीक्षामा संलग्न विद्यार्थीले आधुनिक विद्युतिय यन्त्रको प्रयोग गरी चिट चोर्दै गरेको फेला परेपछि उक्त परीक्षा विवादित बन्दै आएको छ । परीक्षा विवादित बनेबनेपछि चिकित्सा शास्त्र अध्ययन संस्थानले परीक्षा पूनःसन्चालन वा यसैलाई मान्यदा दिने बारे कुनै निर्णय नगरेपछि स्वतन्त्र विद्यार्थी यूनियन त्रि.विले आपत्ति जनाएको हो । 

स्ववियूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विवादित विद्यार्थीलाई परीक्षामा सामेल नै नगराई पुनः परीक्षा गर्न माग गरेको छ । साथै सो प्रश्नपत्र बाहि¥याउने गतिविधिमामा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पदाधिकारी समेतको संलग्नता पुष्टि भए कारर्वाही गर्न स्ववियूले माग गरेको छ । 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन अन्तर्गत शैक्षिक वर्ष ०७४÷७५ को लागि संचालित एमबीबीएस प्रवेश परीक्षा आधुनिक विद्युतिय यन्त्रको प्रयोग गरी प्रश्न पत्र बाहिरिएको थियो । यो घटनाको छानबिन र दोषीमाथि कारर्वाही नभए आन्दोनमा उत्रने विद्यार्थीहरूले चेतावनी दिएका छन् । 

Last modified on 2017-11-08 08:50:31

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts