एक लाख घुससहित स्वास्थ्य कार्यालय रौतहटका एचए पक्राउ



Download our app to get more features

रौतहट, २१ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय रौतटहमा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) प्रविणकुमार झालाई अख्तियारको टोली घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियार क्षेत्रीय कार्यालय हेटांैडाबाट गएको टोलीले एचए झालाई एक लाख रुपैयाँ घुस रकमसहित पक्रेको हो । उनी जनस्वास्थ्य कार्यालय गौरका इमरजेन्सी इन्चार्ज पनि हुन् ।

जिल्ला अस्पताल गौरको भवन मर्मत तथा रंगरोगनको ठेक्का लिएका व्यक्तिसँग झाले रकम लिएको उजुरी अख्तियारमा गरेपछि उनी पक्राउ परेका हुन् । जापानी संस्था कोइका समेतको लागानीमा स्तरोन्ती हुन लागेको जिल्ला अस्पतालको मर्मत जिम्मा सोही व्यक्तिले पाएका थिए । यसअघि पनि सो कार्यालयमा अनियमितता हुने गरेको गुनासो आइरहेको थियो ।  

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts