डा. केसीले भेटे प्रधानमन्त्री, टेलिफोनबाटै देउवाले शिक्षामन्त्रीलाई दिए यस्तो निर्देशन 



Download our app to get more features

काठमाण्डौ । चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति बाट प्रमाणीकरण नभएपछि रुष्ट बनेका आइओएमका प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । 

उनले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणमा ढिलाई भएको भन्दै दवाव दिन प्रधानमन्त्री देउवालाई भेटेका हुन् । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा केसीले तत्काल अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराउन पहल गर्न आग्रह गरेको केसीका सहयोगी अधिवक्ता समेत रहेका ओम प्रकाश अर्यालले जानकारी दिए ।उनका अनुसार शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी बिवादास्पद काठमाडौं नेशनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न भन्दै मेडिकल काउन्सिलाई पत्र पठाएपछि रुष्ट बनेका केसीले प्रधानमन्त्री देउवालाई भेटेर दबाब दिएका हुन् ।

 केसीले भेटमा आगामी सोमबारसम्म अध्यादेश प्रमाणिकरण नभए र काठमाडौं नेशनल मेडिकल कलेजलाई सिट दिन शिक्षा मन्त्रालयले पठाएको पत्र फिर्ता नभए अनशन थाल्ने चेतावनी दिएका छन् । 

पत्र फिर्ता नभए पदबाट निकाल्छु : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल मेडिकल काउन्सिललाई पठाएको पत्र तत्काल फिर्ता नगरे शिक्षामन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन् । भेटमा सहभागी अर्यालले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने,  ‘डा. केसीसँग भएको सहमतिको विपरीत किन देखिनु भयो ? नेपाल मेडिकल काउन्सीललाई पठाएको पत्र तत्काल रद्ध गरी फिर्ता गर्नुस्, अन्यथा तपाईंलाई पदबाट हटाउने छु ।’ प्रधानमन्त्री देउवाले केसी कै अगाडी  शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई टेलीफोन गरी पत्र फिर्ता गर्न निर्देशन दिएको केसी निकट मानिनेहरुले दावी गरेका छन् ।  
 

Last modified on 2017-11-10 10:02:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts