राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण



Download our app to get more features

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएको छ । 

यसअघि राष्ट्रपति विवादित चिकित्सा शिक्षा अध्यादेशलाई जस्ताको प्रमाणीकरण नगर्ने बताएपछि यसका अभियन्ता डा. गोविन्द केसी रुष्ट भएका थिए । 

सरकारले गत कात्तिक ६ गते संसद नरहेको अवस्थामा चिकित्सा शिक्षा अध्यादेशमार्फत ल्याएको थियो । अध्यादेशलाई कानुनी रुप दिन राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाएपनि राष्ट्रपतिले जस्ताको त्यस्तै प्रमाणीकरण नगर्ने भन्ने चर्चा चलेपछि आक्रोशित डा. गोविन्द केसीले बिहीवार प्रधानमन्त्रीलाई भेटेका थिए । 

राष्ट्रपतिले अध्यादेश गएको १५ दिनभित्र प्रमाणीकरण गरीसक्नु पर्ने भए पनि कुनै प्रगति नभएपछि केसीले पुन:अनशन बस्ने चेतावनी दिएपछि आजै अध्यादेश प्रमाणीकरण भएको हो । 

Last modified on 2017-11-10 16:35:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Yo ramro hoo matraii ktm mai medical college na kholi aru chhetra ma khole aru chhetra ko ni development hunxa KTM ko capacity anusar medical college prasast xa butt time Ali badhi vae jsto xa


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts