२० बर्ष मुनिका २४ प्रतिशतले गराउँछन् गर्भपतन



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । २० बर्ष मुनिका २४ प्रतिशत किशोरीले सुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले हालै तयार पारेको तथ्यांक अनुसार एक सयमा २४ प्रतिशत किशोरीले २० बर्ष भन्दा कम उमेरमै गर्भपतन गराउने गरेका छन् ।

उपत्यकाका सुचीकृत ७० स्वास्थ्य संस्थाबाट प्राप्त रिपोर्टका आधारमा जनस्वास्थ्य कार्यालय काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार कम उमेरमा गर्भपतन गराउने किशोरीको प्रतिशत आशा गरे भन्दा बढी हो । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले आधिकारीक तथ्यांक अझै बाहिर नआएको र यो संख्या बढ्ने बताए । ‘ठूलो संख्यामा किशोरीले नजिकैका क्लिनिक प्रयोग गर्दा औपचारीक डाटा आएको छैन ’ उनले भने । चालु आर्थीक बर्षमा मात्रै १३ हजार ५७ जनाले गर्भपतन गराएका छन् । जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असुरक्षित यौन सम्पर्क गरी सुरक्षित गर्भपतन गराउन आउनेमा २० बर्ष मुनिका तीन हजार दुई सय ६२ जना छन् ।
 
गर्भपतन बढ्दो 
पछिल्लो तीन बर्षको तुलनामा आर्थिक वर्ष ०७२-७३ मा काठमाडौंमा गर्भपत गराउनेको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्षेका अनुसार आब ०७१-०७२ मा १३ हजार ६ सय ९ जनाले सुरक्षित गर्भपतान गरेका थिए भने त्यमा २० बर्ष मुनिका २५ प्रतिशत थिए । आब ०७२-७३ मा १५ हजार ३ सय ६ जनाले गर्भपतन गराएकोमा ३० प्रतिशत किशोरी थिए । आब ०७३-७४ मा १३ हजार ५७ जनाले गर्भपतन गरेको र त्यमध्ये २४ प्रतिशत किशोरी थिए । 

गर्भपतनपछि स्वास्थ्यस्थिति जटिल 
तथ्यांक अधिकृत बिजुक्षेका अनुसार गर्भपतन गराएपछि पुनः समस्या भएर आउनेहरुको संख्या पनि बढ्दो छ । आब ०७१-०७२ मा गर्भपतन पछि समस्या लिएर आउने १४ प्रतिशत छन् । आब ०७२-०७३ मा भने धेरैमा समस्या देखिएको थियो । बिजुक्षेका अनुसार २६ प्रतिशतमा समस्या देखिएर पुनः सेवा लिन आएका थिए । अब ०७३-०७४ मा २४ प्रतिशतमा गर्भपतनपछि समस्या भएको छ ।             

गर्भपतनले मातृ मृत्युदर बढ्दै 
प्रमुख महेन्द्र श्रेष्ठले सानै उमेरमा हुने गरेको गर्भपतनले मातृ मृत्युदर बढाउन मद्दत गर्ने बताए । उनले भने ‘शरीर पुर्ण रुपमा परिपक्क नभएको अवस्थामा हुने गर्भपतनले महिलाको स्वास्थ्यमा दीर्घकालिन असर पर्नुका साथै मातृ मृत्युदर बढाउन समेत मद्दत गरेको छ ।’ उनले नेपालको कानुनले २० बर्ष मुनिका किशोरीको शारीरिक विकास पुर्णतया बिकास नहुने भन्दै बच्चा जन्माउने अधिकारबाट बन्चित गरेको बताए । 

Last modified on 2017-11-12 07:41:44

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts